
१ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
३‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
४छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
५सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
६बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
७शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१०पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
११स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
बुटवल । गृहमन्त्री बालकृष्ण खाणले प्रदेशको राजधानी नहुँदैमा बुटवलको विकासमा कुनै फरक नपर्ने बताएका छन्।
आफ्नै इतिहास र बलबुताले बुटवल अहिलेको अवस्थामा स्थापित भएको उल्लेख गर्दै गृहमन्त्री खाणले राजधानी नरहे पनि बुटवल बुटवल नै रहने बताएका हुन्।
गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन उद्घाटन गर्दै शनिबार खाणले सबैको साझा प्रयत्नबाट बुटवललाई अब्बल बनाउन सकिएको बताए।
खाणले रूपन्देहीको विकासका लागि आफ्नो क्षेत्रबाट धेरै प्रयासहरू भइरहे पनि विकासका लागि गरेको पहलको जस भने नलिने बताए। ‘जनताले विकासका लागि नै जनप्रतिनिधि निर्वाचित गरेका हुन्, जे कामका लागि जनताले पठाएका हुन् त्यही काम गर्दा के जस लिनु,’ उनले भने।
गृहमन्त्री खाणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चामत्कारिक उपलब्धी हासिल गरे पनि गरिबीको संख्या भने बढेको बताए। उनले स्वास्थ्य क्षेत्रमा सरकारी अस्पताल कमजोर हुँदा जनताले निजी अस्पतालमा महंगो उपचार लिन बाध्य भएकोले सरकार सरकारी तथा सामुदायिक अस्पतालहरूको प्रवर्द्धन गर्न अग्रसर रहेको बताए।
‘मानिसले जीवन लम्ब्याउन भएको सम्पत्ति सबै बिक्री गरेर भए पनि निजी अस्पतालमा उपचार गर्न बाध्य छन्, जसले गर्दा उपचार पछि अस्पतालबाट फर्किँदा घरजग्गा सबै सकिने अवस्थामा पुगेका छन्,’ गृहमन्त्री खाणले भने।
उनले गौतमबुद्ध सामुदायिक अस्पतालको लागि तिलोत्तमा नगरपालिकामा प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दु:खद् रहेको उल्लेख गर्दै आफूले सरकारको तर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने बताए।
अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले जग्गा उपलब्ध गराए दुई वर्षभित्र ८ सय बेडको सुविधा सम्पन्न अस्पताल निर्माण गर्न आफूहरू तयार रहेकोले जतिसक्दो छिटो जग्गा उपलब्ध गराउन गृहमन्त्रीसँग आग्रह गरे।
रुपन्देही उद्योग संघको संरक्षकत्वमा २०७० साल पुस १० गतेबाट सेवा सञ्चालन गरेको अस्पतालले एक वर्षको अवधिमा ओपिडी, इमरजेन्सी र भर्ना गरी ४८ हजार ७२२ जना बिरामीलाई उपचार सेवा उपलब्ध गराएको छ।
अध्यक्ष आलमले पैसाको अभावमा अस्पताल आएका बिरामीहरू उपचार सेवा लिनबाट बन्चित हुने अवस्था आउन नदिने दाबी गरे। आलमले एक वर्षको अवधिमा अस्पतालको तर्फबाट साढे ६७ लाख रुपैयाँ र विभिन्न दाताहरूको सहयोगमा १० लाख भन्दा बढी रुपैयाँ छुट उपलब्ध गराएको जानकारी दिए।
बुटवलबाट २४५, दाङको लमहीबाट ६८ र पाल्पाबाट ३१ गरि ३४४ जना मिर्गौलाका बिरामीले नियमित डायलाइसिस सेवा लिँदै आएको अस्पतालले जनाएको छ। त्यसैगरी एक वर्षको अवधिमा एन्जियोप्लास्टी १११ जना, एन्जियोग्राफी ३१३ र ९१ जनाले पेसमेकर सेवा लिएको अस्पतालका निर्देशक डा. समीर गौतमले जानकारी दिए।