News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

स्थायी कमिटी बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

शुक्रबार बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव संक्षेपमा पेश गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

उक्त प्रस्तावमाथि शुक्रबार दिउँसो तीन बजे बस्ने बैठकमा छलफल हुने बैठकपछि प्रवक्ता महराले सञ्चारकर्मीलाई बताए । ‘आज दुईवटा एजेण्डामा छलफल भयो ।

पहिलो एजेण्डा दुई पार्टी नेकपामा प्रवेश गर्ने निर्णय भयो । जसमा मसालबाट विद्रोह गरेको समूह र प्रभात चलाउनेले नेतृत्व गरेको नेकपा माओवादी नेकपा माओवादी केन्द्रसँग एकता हुँदैछ’, प्रवक्ता महराको भनाइ छ ।