
१विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
७लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
८पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
९पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१०लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
११मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
जनकपुरधाम । प्रदेश २ को नाम मधेस राख्न सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रस्ताव गरेका छन् ।
बिहीबारको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले मधेस नाम प्रस्ताव गरेका छन् । विपक्षी दल लोसपाका सांसद रानी कुमारी तिवारीले पनि मधेस नाममै समर्थन जनाइन् ।
प्रदेशसभामा धारणा राख्दै जसपा सांसद यादवले यहाँका जनताको पहिचान मधेस नै भएकाले प्रदेशको नाम मधेस राख्नुपर्ने बताए । आन्तरिक मामिला तथा सञ्चार मन्त्री समेत रहेका माओवादीका सांसद साहले मधेस प्रदेश बनाउन सफल भए खस अहंकारले ग्रसितहरुका लागि सबक हुने बताए ।
लोसपा सांसद रानी तिवारीले प्रदेशको नाम मधेस नामाकरण भए शहीदको सपना साकार हुने बताइन् । १०४ सदस्यीय प्रदेशसभामा जनता समाजवादी पार्टीका ३९, लोकतान्त्रिक समाजवादी पार्टीका १६ र माओवादी केन्द्रका ८ सांसद छन् ।
प्रदेशसभाबाट नाम पारित हुन प्रदेशसभाको दुई तिहाइ अर्थात ६९ सांसदको समर्थन आवश्यक पर्छ । जसपा, लोसपा र माओवादी केन्द्रको समर्थनले मात्र प्रदेशसभाबाट मधेस नाम पारित हुने सम्भावना देखिन्न ।
नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरी मधेस भन्दा त्रेतायुगदेखि रहँदै आएको संस्कृति र इतिहासलाई जगेर्ना गर्न प्रदेशको नाम मिथिला भोजपुरा राख्नुपर्ने बताए ।
आफूहरुको जस्तै संस्कृति पारी भारतमा भएपनि उनीहरु मधेसी नकहलिएको भन्दै उनले बलजफ्ती रुपमा मधेसको कोट लगाइदिन खोजिएको बताए । यद्यपि यसबारेमा बसेर छलफल गर्नुपर्ने र सबैको भावना समेटने गरी नाम छनौट गर्नुपर्ने उनले बताए ।
कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले प्रदेशको नाम मध्य मधेस राख्नुपर्ने बताए । पौराणिक, राजनीतिक, सामाजिक, भौगोलिक दृष्टिकोणलाई हेर्दै मध्य मधेस प्रदेश राख्नुपर्ने उनको भनाइ छ ।
‘मधेस आन्दोलन हुँदाखेरि समग्र मधेस एक प्रदेशको कुरा आउँथ्यो । मधेस आठ जिल्ला मात्रै होइन । मधेस २२ जिल्लामा समेटिएको हो’ उनले भने, ‘मेचीदेखि महाकालीसम्मको बीचमा अर्थात् मध्यमा भएकाले सबैको मान सम्मान हुने गरी मध्य मधेस राख्नुपर्छ ।’
नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रमोदकुमार यादवले भने प्रदेशको नाम जानकी हुनुपर्ने बताए । प्रदेश सभाको बिहीबारको बैठकमा प्रदेशको स्थायी राजधानीको बिषयमा पनि छलफल भएको छ ।
छलफलमा भाग लिने अधिकांश सांसदले जनकपुरधामलाई राजधानी बनाउनुपर्नेमा जोड दिए भने कांग्रेस सांसद राजेश्वर साहले वीरगंजलाई राजधानी बनाउनुपर्ने बताए ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग