News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

कांग्रेस प्रदेश २ अधिवेशनमा मतदान सुरू

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा मतदान सुरू भएको छ। आज बिहानदेखि मतदान सुरू भएको हो। जनकपुरस्थित गोपाल धर्मशालामा कडा सुरक्षाबीच मतदान सुरु भएको छ।

पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश समितिका लागि १ सय ७४ जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये ५ जना सदस्य बुधबार नैनिर्विरोध निर्वाचित भएका थिए।

प्रदेशको सभापति पदमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट कृष्णप्रसाद यादव र शेखर कोइरालाको समर्थनमा विमलेन्द्र निधिनिकट रामसरोज यादव चुनावी मैदानमा छन्।

उम्मेदवारको मनोनयन मंगलबार गरिएको थियो। बुधबार मतदान गर्ने कार्यक्रम रहे पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि मतदान गर्ने कार्यतालिका बनाइएको थियो।

डनन्यूज ट्रेन्डिङ