News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश प्रमुख समाचार

शेयर बजारमा हरियाली, ९२ अंकले बढ्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा बुधबार हरियाली छायएको छ । शेयर बजार लगातार दोस्रो दिन पनि उकालो लागेको हो । शेयर कारोबार भएको साताको पहिलो दिन सोमबार ओरालो लागेको बजार मंगलबार र बुधबार भने हरियो बन्यो ।

बुधबार बजार मापक परिसूचक नेप्से ९२.१६ अंकले बढेर २५०७.७० को बिन्दुमा पुगेको छ । बुधबार सेन्सेटिभ इन्डेक्स पनि १४.७४ अंकले बढेर ४७७.२६ अंकमा पुग्यो ।

बुधबार कारोबार भएका सबै १३ वटै उपसमूह उकालो लागे । यसदिन २२३ कम्पनीका ८१,०४,३१९ कित्ता किनबेच हुँदा ४,५२,३३,३८,१४३ रुपैयाँको कारोबार भयो ।