
१आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
३गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
४पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
७कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
८गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१२रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
सन् १९९१ को मे महिना । यस महिनामा भारतका प्रायः सबै राज्यमा प्रचण्ड गर्मीले मानिसलाई सताउने गर्दछ । जम्मु कस्मिरको कारगिल क्षेत्रमा भने हिउँ पग्लिने र जाडो घट्नेक्रम मात्र शुरु भएको थियो ।
जम्मु कस्मिर क्षेत्रका मानिस आआफ्नो दैनिकीमा व्यस्त थिए । भेडाका बथानसँगै घोडाका लस्करहरु चरिरहेका त्यहाँका हरिया खर्क आफ्नै लयमा प्रकृतिको नियमानुसार हराभरा हुँदै थिए ।
त्यसै समय भारत र पाकिस्तान दुवै देशको विवादित क्षेत्र जम्मु कस्मिरमा पाकिस्तानी उग्रवादीहरुको प्रवेश भएको खवर भारत सरकारले गुप्तचरमार्फत् प्राप्त गरेपछि आसाम राइफल रेजिमेन्टका सुवेदार पदमवहादुर क्षेत्री (रावल) को नेतृत्वमा १७ जना सैनिकको टोली कारगिल क्षेत्रमा खटायो । क्षेत्रीको नेतृत्वमा भारत सरकारले ‘रक्षक अप्रेशन’ नामक अभियान कारगिल क्षेत्रमा सञ्चालन ग¥यो ।
म्याग्दीको रत्नेचौरका पदमबहादुर क्षेत्री सानैदेखि निडर र बहादुर त हुनुहुन्थ्यो नै त्यसमाथि आफ्नै नेतृत्वमा पाकिस्तानी उग्रवादीहरुविरुद्ध भारत सरकारले अप्रेशन नै सञ्चालन गरेपछि उहाँको जिम्मेवारी झनै बढ्यो ।
“रच्नेचौरको भूगोलमा सानोमा खेलेको बुर्कुसी र लडिबुडी कार्गिलको टुकडा भन्ने गाउँको भूगोलमा मज्जाले काम लाग्यो” ७२ वर्षिय रावलले भन्नुभयो “दुश्मनसँग लढ्दा मैले त झलझली आफ्नै गाउँको भिरालो जमिन र रातोमाटो सम्झिएको थिएँ, यो माटोको सम्झनाले अझै तागत दिन्थ्यो मलाई ।”
सन् १९९१ को मे ५ तारिख आफ्नो जीवनको सबैभन्दा स्मरणीय दिन भएको रावल बताउनुहुन्छ । उहाँका अनुसार सोही दिन रावल नेतृत्वको भारतीय फौज (७ आसाम राइफल रेजिमेन्ट) ले ३८ जना पाकिस्तानी उग्रवादीहरुलाई मारेर जम्मु कस्मिरलाई पाकिस्तानीहरुको नियन्त्रणमा हुनबाट जोगाएको थियो ।
त्यस युद्धमा ७२ जना पाकिस्तानी सैनिकहरु हताहत भएका रावलले स्मरण गर्नुभयो । रावलले भन्नुभयो “तर बिबिसीले ३८ जना पाकिस्तानी मारिएको भनेर समाचार प्रशारण गरेपछि हताहत हुने पाकिस्तानी सैनिकको सङ्ख्या ३८ मा नै सीमित भएको थियो ।” रावल एक्लैले नौ जना पाकिस्तानी सैनिकहरुलाई मार्नुका साथै पाकिस्तानी सैनिकहरुबाट १०३ थान हातहतियारहरु खोस्नुभएको थियो । युद्ध समाप्त भएपछि बिबिसीले रावलको अन्तर्वार्ता समेत प्रशारण गरेको थियो ।
रावलका अनुसार त्यति धेरै पाकिस्तानी सेनाहरु मारिँदा आफ्नोतर्फका जम्मा तीन जना सैनिकले विरगति प्राप्त गरेका थिए । रावलले पाकिस्तानी सैनिकसँग देखाएको बहादुरीको कदर गर्दै भारत सकारले सन् १९९२ मा रावललाई कीर्तिचक्र पदकद्वारा सम्मानित गरेको थियो । कीर्तिचक्र भारतको सैनिक क्षेत्रतर्फको परमवीर चक्र पछिको दोस्रो ठूलो सम्मान हो । परमवीर चक्र सैनिक सेवामा महत्वपूर्ण योगदान पुर्याएका सैनिकहरुलाई मरणोपरान्त दिइन्छ भने कीर्तिचक्र सैनिकको जीवनकालमा नै दिइन्छ ।
रावलले सैनिक जीवनमा भारतीय भूमी रक्षाका लागि गरेको योगदानलाई भारत सरकारले २९ वर्षपछि पुनःस्मरण गर्दै रावलको नाममा आसाममा हालै सैनिक शिक्षालय स्थापना गरेर सम्मान गरेको छ । गत अक्टुबर १८ तारिखमा भारतको आसाम राज्यमा भारत सरकारले पदमबहादुर क्षेत्री सैनिक शिक्षालयको उद्घाटन गरेको छ । आफ्नो नाममा सैनिक शिक्षालय स्थापना भएको खबर पाउँदा अत्यन्त खुशी लागेको रावलले बताउनुभयो । “मलाई त्यहाँको सैनिक मुख्यालयले निमन्त्रणा गरेको थियो, रावलले भन्नुभयो, “तर कोभिड– १९ को जोखिम र प्रतिकूल समयका कारणले गर्दा म जान सकिन ।”

खुसी र बधाईको लर्को :
भारतीय सैनिकबाट सेवानिवृत्त भएपछि गाउँमा नै बनिबुतो र घरधन्दा गरेर दिन काट्ने गर्नुभएका रावल आसाममा आफ्नै नामको सैनिक शिक्षालय स्थापना भएको खबर सामाजिक सञ्जालहरुमा आएपछि भने निकै व्यस्त हुनुभएको छ ।
खुशी साट्न र बधाई दिन कतिपय व्यक्ति घरमा नै आउने गरेका छन् भने कतिपयले फोनबाट नै खशी व्यक्त गर्दै बधाई दिने गरेका छन् । “मलाई अहिले फोनमा बोल्दाबोल्दै दिन ढलेको पत्तै हुँदैन”, रावलले भन्नुभयो, “भारतबाट सबैभन्दा धेरै फोन आउँछ, विदेशमा गएका आफन्तहरु, रिटायर्ड भारतीय सैनिक र अरु धेरै जनाले फोन गरेर बधाई दिनुभएको छ ।”
गाउँघर र आफन्तमा खुशियाली :
रावलको गाउँ रत्नेचौरमा अहिले खुशियाली छाएको छ । दशैँको रमाइलो वातावरणमा प्राप्त भएको खबरले रत्नेचौरवासी दङ्ग परेका छन् । आफ्नै गाउँका एक अग्रजका नाममा भारतमा स्थापना भएको सैनिक शिक्षालयले पद्मबहादुर रावलको मात्रै नभएर उहाँको जन्मगाउँ रत्नेचौर, जिल्ला र समग्र देशको नै प्रतिष्ठा उँचो बनाएको स्थानीयले बताएका छन् ।
बेनी नगरपालिका वडा नं १ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले पदमबहादुर क्षेत्री रावलले प्राप्त गरेको यो सम्मानले रत्नेचौर गाउँ र म्याग्दी जिल्ला मात्रै नभएर नेपाल नै गौरवान्वित भएको प्रतिक्रिया दिनुभयो ।
त्यसैगरी हाल काठमाडौँमा बस्दै आउनुभएका नाताले भाञ्जा पर्ने राम कार्कीले भारत सरकारले पदमबहादुर रावलका नाममा सैनिक शिक्षालय स्थापना गरेर नेपालीको बहादुरी र इमान्दारिताको सम्मान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो हामी परिवार र आफन्तको मात्र होइन, नेपालले नै प्राप्त गरेको सम्मान हो ।”
रावलको पारिवारिक पृष्ठभूमि :
रावलको पारिवारिक पृष्ठभूमि पनि सैनिक विरासतले युक्त छ । पद्मबहादुर क्षेत्रीका हजुरबुबा स्व रणबहादुर रावलले प्रथम विश्वयुद्धमा भारतीय सेनाका तर्फबाट बहादुरी प्रदर्शन गरेबापत मरणोपरान्त सन् १९१४ मा परमवीर चक्र प्राप्त गर्नुभएको थियो ।
बहादुर बाजेका बहादुर नाति भनेर कहिलएका पद्मबहादुरका हजुरबुबा रणबहादुर रावलका दुई श्रीमती हुनुहुन्थ्यो । एउटी श्रीमतीबाट पदमबहादुरका बुबा प्रेमबहादुर रावल र अर्कीबाट लालबहादुर रावलको जन्म भएको थियो । प्रेमबहादुर रावलका दुई भाई छोरा गोरखबहादुर रावल र पदमबहादुर रावल तथा लालबहादुर रावलबाट सात भाई छोरा जन्मिए । परमवीर चक्र प्राप्त गरेका तिनै रणबहादुर रावलका नौवटै नाति भारतीय सेनामा भर्ती भएका थिए ।
रावलको सैनिक जीवन :
उन्नाइस वर्षको कलकलाउँदो उमेरमा सन् १९६६ जनवरी १५ मा सेभेन (७) आसाम राइफल रेजिमेन्टमार्फत भारतीय सेनामा प्रवेश गर्नुभएका पदमबहादुर रावलको सैनिक जीवन वीरता र बहादुरीको कथाले भरिएको छ ।
आसाम राइफलमा भर्ती भएपछि १४ महिनासम्मको कठोर तालिमबाट उहाँले आफूलाई निखार्दै जस्तोसुकै परिस्थिति आए पनि कहिल्यै पछि नहट्ने कसम खाएको बताउनुभयो । सन् १९६६ देखि २००२ सम्म ३६ वर्ष उहाँले भारतीय सेनामा रहँदा एक दर्जनभन्दा बढी युद्धमा लडेको र ती सबैमा विजय प्राप्त गरेको जानकारी दिनुभयो । सन् १९७१ मा पहिलो पटक पाकिस्तानविरुद्धको युद्धमा सहभागी हुँदाको अनुभव निकै रोचक रहेको उहाँले सुनाउनुभयो । त्यस युद्धमा पूर्वी पाकिस्तानको केही भूभाग भारतले नियन्त्रणमा लिएको र पछि बङ्गलादेशमा मिलाइएको उहाँले जानकारी दिनुभयो ।
त्यसपछि सन् १९७६ मा नागाल्याण्डमा उग्रवादीसँगको भिडन्तमा सहभागी हुँदा कैयौँ उग्रवादीहरु हताहत भएका र सयौँ जना पहरोमा लर्किंदै भागेको दृश्य अझै पनि स्मरणमा रहेको उहाँले सुनाउनुभयो ।
त्यस्तै मणिपुरमा पनि उग्रवादीहरुसँग नै भिड्नुपरेको र त्यहाँ आफ्नो पक्षका सेनाले हातहतियारहरु गुमाउनुपरेको तर मानवीय क्षति भने नभएको उहाँले स्मरण गर्नुभयो । सन् १९९० मा जम्मु कस्मिरमा पाकिस्तानी सेनासँगको युद्ध पनि उहाँले लड्नुभएको थियो । यिलगायत अरु कैयौँ युद्ध र अकल्पनीय भिडन्तमा भारतीय सेनाकोतर्फबाट नेतृत्व गर्दै लड्नु परेको उहाँले बताउनुभयो ।
यस्तो छ पदमबहादुरको सेवानिवृत्त जीवन :
सन् २००२ मा भारतीय सेनाबाट सेवानिवृत भई गाउँमा नै बस्दै आउनुभएका रावलको दैनिकी अत्यन्त सरल र सादगीपूर्ण छ । कडा सैनिक अनुशासनमा जीवनका ऊर्जावान ३६ वर्ष बिताउनुभएका रावल गाउँमा अत्यन्त सरल र मिलनसार व्यक्तिका रुपमा चिनिनुहुन्छ ।
उमेरले ७२ वर्ष पार गरिसक्नुभएका रावल अझै पनि फूर्तिला र तन्दुरुस्त हुनुहुन्छ । रावल सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहनुहुन्छ । स्थानीय भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षदेखि लिएर अन्य विभिन्न सामाजिक सङ्घसंस्थाहरुको नेतृत्व गरिसक्नुभएका रावल घरायसी काममा पनि रुचि राख्नुहुन्छ ।
देशको परिवर्तित राजनीतिक व्यवस्थासँग रावलको कुनै गुनासो छैन । यसलाई उहाँ जनचाहना र समयको मागका रुपमा बुझ्नुहुन्छ । आफ्नो गाउँमा भएका विकास निर्माण र जनताले पाएका सेवा सुविधाप्रति उहाँ सन्तुष्ट हुनुहुन्छ । उहाँको एउटैमात्र चाहना भनेको गाउँमा व्यवस्थित अस्पताल भैइदिएहुन्थ्यो भन्ने छ । रावलले भन्नुभयो, “अरु सबै कुरा राम्रो छ, एउटा सुविधासम्पन्न र व्यवस्थित अस्पताल भइदिए मेरो इच्छा पूर्ण हुने थियो ।”
♣♣♣राससका लागि ध्रुबसागर शर्माले लेख्नुभएको आलेख♣♣♣
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग