
१पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दा पर्यटनमन्त्री गनेस पौडेलको ‘अवैध’ घर जोगिएला त ?
२समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
३संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
४‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
५लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
६बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
७आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
८अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
९राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
१०राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
११फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
१२सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको टिप्पणी गरेका छन् । गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्ने क्रममा उनले ओलीको सातो गएको दाबी गरेका हुन् ।
आफूले प्रशिक्षण भेलालाई पनि समय दिनुपर्ने, संसद बैठकमा पनि जानुपर्ने दबाव रहेको भन्दै उनले भने, ‘.. म नभा’को मौका पारेर केपी ओली छिर्न बेर छैन त्यहाँ । कमसेकम मेरो उपस्थितिले केपी ओलीको संसदमा सातो गइराछ नि ! सातो जाओस्, केही मतलब छैन । नेपाली जनताको सातो कायम हुनुपर्छ ।’
मंगलबार प्रतिनिधिसभाको बैठकमा जानुपर्ने कारण देखाउँदै कार्यक्रमको सुरुमै उनलाई वक्ताका रुपमा उभ्याइएको थियो । करिब १ घन्टाभन्दा बढी प्रशिक्षणात्मक भाषण दिएका उनले आधाभन्दा बढी एमाले र ओलीकै विरोधमा खर्चिए ।
एमाले विभाजनपछि नेपाल र ओली मंसिर अन्तिम साता काठमाडौंमा भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन सत्रमा एउटै मञ्चमा देखिएका गिए ।
एकले अर्कासँग नबोलेको भएपनि ओलीले आफूलाई हेर्दै जाँदा रमाइलो लागेको नेता नेपालले सुनाए । ‘हाम्रो अनुहार पनि हेर्दिन भन्याथे, तर कस्तो संजोग ! कांगेसको कार्यक्रममा अनुहार हेर्दै जानुपर्यो । रमाइलो भयो,’ उनले भने ।
नेता नेपालले आफूहरुको ठूलो सत्रु र प्रतिद्वन्द्वीका रुपमा एमाले रहेको कार्यकर्तालाई सुनाए । ‘हामीले भर्खरै विद्रोह गरेको, केपी ओलीको प्राइभेट कम्पनीका रुपमा रुपान्तरण भएको कथित् एमाले… त्यो हाम्रो पहिलो प्रतिद्वन्द्वी हुन पुगेको छ । सत्रुका रुपमा छ,’ उनले भने । उनले नेकपा एमाले अहिले चरम व्यक्तिवादमा फसेको र त्योभन्दा फरक आफूहरु हुनुपर्ने कार्यकर्तालाई सुझाए ।
अध्यक्ष नेपालले एमालेले संसदमा संसदीय मर्यादाविरुद्ध काम गरिरहेको आरोप समेत लगाएका छन । संसद नआउने र आएपनि नाराबाजी गर्दै अवरुद्ध गरिरहेको भन्दै उनले भने, ‘संसदीय मर्यादा पालना गर् भनेर नारा लगाएका छन् । केपी ओली गुटले पालना गर्या छ ? संविधानका सम्मान गर् रे, सम्मान गर् या’छन् ?’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन समयमा ओलीलाई सुधार्न पार्टी एकता गरेको तर, सुधार्न नसकेपछि आँखा खुलेको नेपालको भनाइ छ । ओली सरकार दलाल र चाकडीतन्त्रमा लिप्त रहेको र संविधान विपरीत काम गरेकाले उनलाई सत्ताच्यूत गर्न गठबन्धन गर्नुपरेको उनले सुनाए ।
भेलालाई अध्यक्ष नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव वेदुराम भुसाललगायतले प्रशिक्षण दिनेछन् ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म