News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार समाचार

संसद बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको प्रत्यक्ष रिपोर्टिङमा संसद् सचिवालयले रोक लगाएको छ ।

संसद् भवनभित्रको पत्रकार कक्षमा सञ्चारकर्मीलाई प्रवेश गर्न सचिवालयले रोक लगाएको हो । संघीय संसद् भवनको प्रतिनिधिसभामा रहेको पत्रकार कक्ष प्रवेशमा पत्रकारलाई सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै रोक लगाएको छ ।

नियमित रुपमा पत्रकारहरूले प्रत्यक्ष रिपोर्टिङ गर्न जाने क्रममा मर्यादापालक (प्रहरी सुरक्षाकर्मी)ले रोक लगाएका हुन् । यसअघि पत्रकारहरूलाई सहज रुपमा प्रवेश हुँदै आएको थियो ।

पत्रकारहरूलाई रोक लगाएको विषयमा बुझ्न खोज्दा संसद् सचिवालयका कसैले पनि उठाएनन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले पत्रकारहरूलाई जान नदिनेबारे आफूलाई मंगलबार बिहानै जानकारी मिलेको प्रतिक्रिया दिए । किन त्यस्तो गरिएको भन्नेबारे उनले प्रतिक्रिया दिन चाहेनन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठक पनि एमालेले अवरुद्ध गरिराखेको छ । एमालेको अवरोध र नाबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही अगाडि बढाएका छन् ।