News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

संसद् बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । समितिको बैठक बिहान साँढे ११ बजे संसद् भवन नयाँ बानेश्वरस्थित शङ्कर हलमा बस्ने बताइएको छ ।

सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद् अवरोध जारी राखेको छ । सरकारले संसद् सुचारु गर्नका लागि सर्वदलीय बैठक बोलाए पनि एमाले सहभागी भएन ।

डनन्यूज ट्रेन्डिङ