News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

कांग्रेस खुला महिला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक, को-को भए निर्वाचित ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

जसअनुसार डिला संग्रौलाले सर्वाधिक २८८५ मत पाएकी छन्। खसेको मतमध्ये दोस्रो नम्बरमा पुष्पा भुसालले २७१८ र तेस्रो नम्बरमा आरजु राणा देउवाले २५३६ मत पाएर निर्वाचित भइन्।

यस्तै नौ जना निर्वाचित हुने महिला खुला केन्द्रीय सदस्यतर्फ चौथो स्थानमा अम्बिका बस्नेत २३३९, पाँचौमा ईश्वरी न्यौपाने २२५९, छैठौंमा सरिता प्रसाई २०९६, सातौमा रमा कोइराला पौडेल १८५८ मतसहित विजयी भइन्।

यस्तै सुशीला ढकाल आचार्य १८०८ र रंगमती शाही १७८९ मत ल्याएर विजयी भइन्। मतगणना सकिएपछि निर्वाचन समितिले सोमबार राति अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो।

यसैबीच नेपाली कांग्रेसको अल्पसंख्यक खुला तर्फको केन्द्रीय सदस्यमा प्रदीप कुमार सुनुवार निर्वाचित भएका छन्। नेपाली कांग्रेसको विधानअनुसार केन्द्रीय सदस्य अल्पसंख्यक खुलामा एक जना निर्वाचित हुने व्यवस्था छ। सो पदमा पाँच जनाले उम्मेदवारी दिएका थिए ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार २१७१ मत प्राप्त गर्दै शेरबहादुर देउवा समूहका सुनुवार निर्वाचित भएका छन्।

दोस्रो स्थानमा रहेका टीकाराम सुब्बा लेप्चाले १०२३ मत पाए। तेस्रो स्थानमा रहेका हरिबहादुर घलेले ६०९, ओमप्रकाश शर्मा मारवाडीले ५३६ र प्रेम बहादुर छन्त्यालले २०६ मत पाएको निर्वाचन समितिले जानकारी दिएको छ। कुल खसेको ४६३५ मतमध्ये ९० मत बदर भएको थियो।

डनन्यूज ट्रेन्डिङ