
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
काठमाडाै । नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ र बागमती प्रदेशमा सहमतिको माध्यममार्फत नेतृत्व चयन गर्न असफल बनेको छ । केन्द्रको
नीतिअनुसार नै सबै प्रदेशमा सहमतिको माध्यमबाट नेतृत्व चयन गर्ने प्रयास हुँदै आए पनि कसैको नाममा सहमति जुट्न नसक्दा चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । माओवादी स्रोतका अनुसार नेतृत्व चयन हुन नसकेका प्रदेश नम्बर १ र बागमतीमा चुनावी प्रक्रियाबाटै नेतृत्व चयन गर्न प्रचण्डले निर्देशन दिएका हुन् ।
माओवादी केन्द्र, प्रदेश १ को अध्यक्षसहित पदाधिकारीका आकांक्षी धेरै हुँदा अहिलेसम्म अध्यक्षसहित पदाधिकारीको टुंगो लाग्न सकेको थिएन । मोरङको विराटचोकमा गत मंसिर २५ र २६ गते सम्पन्न प्रदेश १ को प्रथम अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरे पनि पदाधिकारी चयनलाई थाँती राखेको थियो ।
आकांक्षीहरु बढेका र सहमति जुटाउन नसकेको अवस्थामा पदाधिकारीबिना नै प्रदेश कमिटी चयन गरिएको थियो । त्यसपछि सहमतिको प्रयास भए पनि आकांक्षीहरु पछि नहट्दा समस्या ज्युँकोत्यू रहेको थियो ।
सुरुमा प्रदेश १ को अध्यक्षमा केन्द्रीय सदस्यहरू सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीले दाबेदारी प्रस्तुत गरेका थिए । तर, सहमति जुट्न नसकेपछि अन्तिम अवस्थामा तीनैजना आफ्नो दाबेदारीबाट पछि हटेका थिए ।
अहिले आएर माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा ६ जनाले दाबी गरेका छन् । पाँचथरका हर्कबहादुर लावती, सुनसरीका शिवकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो, उदयपुरका मोहनबहादुर खत्री, झापाका मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्कीले प्रदेश अध्यक्षमा दाबी गरेका छन् ।
यता बागमती प्रदेशमा पनि २७१ सदस्यीय कार्यसमिति चयन गरिएको भनिए पनि अध्यक्षसहितको पदाधिकारी टुंगो लाग्न सकेको छैन । सदस्यमा पनि सबैलाई समेट्न नसकिएको भन्दै असन्तुष्टिका स्वरहरु सुनिएका छन् । मंसिर २५ मा माओवादी केन्द्र बागमती प्रदेशको अधिवेशन काठमाडौंमा भएको थियो ।
बागमतीको अध्यक्षको दौडमा काभ्रेका दीनानाथ गौतम, सिन्धुपाल्चोकका सरल सहयात्री, नुवाकोटका हिरानाथ खतिवडा, डीपी ढकाललगायत रहेका छन् । यसअघि दोलखाका विशाल खड्का पनि अध्यक्षको दौडमा रहेकामा उनी बागमती प्रदेशको मन्त्री बनेपछि उनी सो दौडबाट बाहिर रहेको बताइएको छ ।
यी प्रदेशबाहेक प्रदेश २ मा पनि नेतृत्व चयन गर्न सकस परेको थियो । तर, अहिले प्रदेश कमिटीको टुंगो लगाएर पछि नेतृत्व घोषणा गर्नेगरी लालबन्दीको बन्दसत्रबाट आइतबार टुंगो लागेको नेताहरुले बताएका छन् ।
उसो त अन्य प्रदेशमा पनि नेतृत्वको विषयमा निकै रस्साकस्सी परेको भए पनि अन्तिम समयमा आएर सहमति जुटाइएको थियो । केन्द्रको निर्देशनसँगै निर्वाचन कमिटीले अब निर्वाचन प्रक्रिया अघि बढाउने माओवादीका एक नेताले बताए ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !