News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार समाचार

आगो निभाउन खोज्दा लामाको मृत्यु

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ ।

हुरिकोटको जङ्गलमा भएको आगलागी निभाउन खोज्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पुर्‍याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्थानीयवासी टेकबहादुर शाहीले जानकारी दिएका छन् । हेलिकोप्टर भाडासमेत उद्यारो भएकाले कसरी रकम जुटाउने भन्ने समस्या भएको शाहीले बताए । लामाको गए राति मृत्यु भएको हो ।