
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसद्मा दर्ता नगर्न चेतावनी दिएका छन् । साथै उनले सङ्घीय संसद्का सभामुख, राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई पनि एमसीसी पास नगर्न विशेष आग्रह गरेका छन् ।
मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले विभिन्न राजनीतिक पार्टीमा आबद्ध देशभक्त नेता र व्यवस्थापिका संसद् सदस्यहरूलाई पनि एमसीसीविरुद्ध आआफ्नो स्थानबाट सङ्घर्ष गर्न आग्रह गरेका छन् ।
राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध राष्ट्रिय स्वाधीनताका पक्षमा आफ्नो पार्टीसहित विभिन्न राजनीतिक पार्टी र मोर्चाहरूद्वारा आज सम्पन्न संसद् भवन घेराउ, जिल्ला बन्दलगायत देशव्यापी भएका कार्यक्रमहरूमा काठमाडौँको शान्तिपूर्ण घेराउ आन्दोलन र चितवन जिल्ला बन्दका क्रममा राज्यद्वारा गरिएको दमनप्रति उनले घोर भत्र्सना समेत गरेका छन् ।
‘राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध राष्ट्रिय स्वाधीनताका पक्षमा हाम्रो पार्टीसहित विभिन्न राजनीतिक पार्टी र मोर्चाहरूद्वारा आज सम्पन्न संसद् भवन घेराउ, जिल्ला बन्दलगायत देशव्यापी भएका कार्यक्रमहरूमा काठमाडौँको शान्तिपूर्ण घेराउ आन्दोलन र चितवन जिल्ला बन्दका क्रममा राज्यद्वारा गरिएको दमनप्रति हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।’विप्लवले विज्ञप्तिमा भनेका छन् ।
उनले आन्दोलनका क्रममा घाइते भएका पार्टी केन्द्रीय सचिवालय सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, प्रेम, प्रकाश, वैज्ञानिक समाजवादी पार्टीका संयोजक आहुतीलगायत सबै राजनीतिक पार्टीका नेता–कार्यकर्ता, पेसाकर्मी र सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । त्यस्तै गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्ताहरूको तुरुन्त रिहा गर्न माग गरेका छन् ।
‘आन्दोलनका क्रममा घाइते हुनुभएका हाम्रो पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा पार्टी प्रवक्ता क. प्रकाण्ड, क. प्रेम, प्रकाश, वैज्ञानिक समाजवादी पार्टीका संयोजक क. आहुतीलगायत सबै राजनीतिक पार्टीका नेता–कार्यकर्ता, पेसाकर्मी र सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्ताहरूको तुरुन्त रिहाइको माग गर्दछौँ । ’विज्ञप्तिमा भनिएको छ ।
विप्लवले सरकारी दमनको डटेर सामना गर्दै राष्ट्रिय स्वाधीनताका लागि आन्दोलनमा नेतृत्व गर्नुहुने सबै राजनीतिक पार्टी, मोर्चा, अभियानका नेतृत्व, राजनीतिक कार्यकर्ता, सञ्चारकर्मी र सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद व्यक्त समेत गरेका छन् । साथै सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसद्मा दर्ता नगर्न सङ्घीय संसद्का सभामुख, राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई विशेष आग्रह गरेका छन् ।
‘दमनको डटेर सामना गर्दै राष्ट्रिय स्वाधीनताका लागि आन्दोलनमा नेतृत्व गर्नुहुने सबै राजनीतिक पार्टी, मोर्चा, अभियानका नेतृत्व, राजनीतिक कार्यकर्ता, सञ्चारकर्मी र सम्पूर्ण आदरणीय जनसमुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । हाम्रो पार्टी सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसद्मा दर्ता नगर्न सङ्घीय संसद्का सभामुख, राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई विशेष आग्रह गर्दछ । साथै सबै राजनीतिक पार्टीमा आबद्ध देशभक्त नेता र व्यवस्थापिका संसद् सदस्यहरूलाई आफ्नो स्थानबाट सङ्घर्ष गर्न आग्रह गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
उनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताविपरीत हुने भएकाले एमसीसी सम्झौता खारेज गर्न अमेरिकी सरकारसँग आग्रह समेत गरेका छन् । साथै एमसीसी नेपालका लागि निःस्वार्थ सहयोग हो भने रकम बिनासम्झौता नेपाललाई हस्तान्तरण गर्न माग गरेका छन् । उनले एमसीसी खारेज नभएसम्म यो आन्दोलन निरन्तर अघि बढ्ने समेत जनाएका छन् ।
‘नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताविपरीत हुने भएकाले एमसीसी सम्झौता खारेज गर्न अमेरिकी सरकारसँग आग्रह गर्दछौँ । नेपालका लागि निःस्वार्थ सहयोग हो भने रकम बिनासम्झौता नेपाललाई हस्तान्तरण गर्न माग गर्दछौँ । राष्ट्रघाती एमसीसीविरुद्धको सङ्घर्ष सम्पूर्ण नेपालीहरूको साझा दायित्व हो । यसको खारेज नभएसम्म यो आन्दोलन निरन्तर अघि बढ्नेछ । त्यसैले राष्ट्रिय स्वाधीनताको यो महत्वपूर्ण सङ्घर्षमा आआफ्नो तहबाट सहभागी हुन नेपालका सबै क्षेत्र र देशबाहिर रहनुभएका सबै नेपालीहरूमा हार्दिक अनुरोध गर्दछौँ । साथै कुनै पनि स्थितिमा एमसीसी अघि बढाएको खण्डमा प्रतिरोध सङ्घर्षमा उत्रिनसमेत सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।’ विज्ञप्तिको अन्त्यमा भनिएको छ । प्रेस विज्ञप्तिको पूर्णपाठ…

१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !