News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

संसद बैठक शुरु हुनेवित्तिकै एमालेको नाराबाजी

काठमाडौं । नेकपा एमालेले मंगलबार शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठक नै अवरुद्ध गरेको छ ।

आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार शुरु भएको संसद अधिवेशनको पहिलो बैठक पनि सोही विषयलाई लिएर अवरुद्ध गरेको हो ।

एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका छन् । मंगलबारको बैठकमा सरकारका तर्फबाट ६ वटा विधेयक पेश गर्ने कार्यसूची छ ।