News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

रामचन्द्रको चियापानमा पुगेका देउवालाई झट्का, कार्यकर्ताले गरे विरोध

काठमाडाै‌ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताका लागि बोलाएको चियापान कार्यक्रममा शेरबहादुर देउवालाई झट्का लागेको छ ।

सभापतिका उम्मेदवारसमेत रहेका देउवा पौडेलले लैनचौर ब्याङकेटमा आयोजना गरेको कार्यक्रममा पुगेपछि कार्यकर्ताले विरोधसमेत गरेका छन् ।

ब्याङ्केटमा भेला भएका कार्यकर्ताहरूले सभापतिका उम्मेदवार शेखर कोइरालाको पक्षमा नाराबाजी गर्दै देउवालाई बोलाएकोमा विरोध गरेका थिए। उनीहरूले ‘देउवासँग मिलेर पार्टीपंक्तिलाई धोका दिन खोजेको’ भन्दै पौडेलसँग आक्रोशित भएका थिए।

कार्यकर्ताले विरोध गरेपछि सम्बोधन गर्न मञ्चमा पुगेका पौडेलले तीन पटकसम्म कोसिस गरे पनि बोल्न पाएनन्। सभापतिका उम्मेदवार कोइरालाले भने कार्यकर्तालाई सम्बोधन गरेका थिए।

कार्यक्रममा देउवाले सम्बोधन गर्न पाएनन्। पहिलो चरणको निर्वाचनमा देउवा र कोइराला दुबैले ५१ प्रतिशत मत नपाएकाले दोस्रो चरणको निर्वाचन हुँदैछ। सभापति उठेर कम मत ल्याएका प्रकाशमान सिंह र विमलेन्द्र निधिले कसलाई सघाउँछन् उही सभापति निर्वाचित हुन्छन्।

डनन्यूज ट्रेन्डिङ