News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

जीवनराम श्रेष्ठ नेकपा (एकीकृत समाजवादी) को प्रमुख सचेतक चयन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका लागि प्रमुख सचेतक चयन गरेको छ । सोमबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको सांसद भवानी खापुङले जानकारी दिए ।

त्यस्तै पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टी गत भदौ २ मा एमालेबाट विभाजन भएर बनेको हो ।

डनन्यूज ट्रेन्डिङ