
१विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
३ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
४विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
९शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका छन् ।
संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने योजना सफल नभएपछि सबै तहका प्रतिस्पर्धाबाट बाहिरिएका पौडेलले मतदानमा समेत नगर्ने भएका हुन् ।
पौडेलले मतदानका लागि नजाने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । पौडेलले प्रतिनिधिहरूलाई विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।
यसअघि आफूलाई सहयोग गर्न आग्रह गर्दै आफ्नैनिवास आएका सभापतिका उम्मेदवार शेरबहादुर देउवासँगको भेटमा पनि पौडेलले तटस्थ बस्ने बताएका थिए । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको प्यानल पनि सार्वजनिक भएको छ ।
जारी १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि संस्थापन पक्षबाट उम्मेदवारी दिएका देउवाले मध्यराति प्यानल तय गरेको हो । देउवा प्यानलमा डा. शशांक कोइरालालाई पनि राखिएको छ ।
निर्वाचनका लागि संस्थापनपक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा र बिमलेन्द्र निधि र इतरसमूहबाट शेखर कोइराला तथा प्रकाशमान सिंह प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
अर्का एक जना कल्याण गुरुङ पनि सभापतिमा उठेका छन् । तर मुख्य प्रतिस्पर्धा देउवा र कोइरालाबीच हुने धेरैको अनुमान छ । चुनाव हुने भएपछि दुबै समूहले आ-आफ्नो प्यानल सार्वजनिक गरेका छन् ।