News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

एमालेको ४५ सदस्यीय स्थायी कमिटी गठन, हिक्मत कार्कीदेखि प्रभु साहसम्म को-को परे ? नामसहित

काठमाडाै‌ । नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । आइतबार बसेको सो पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका हुन् ।

त्यसक्रममा अध्यक्ष ओलीले १९ पदाधिकारीसहित २६ जना समेटेर स्थायी कमिटीको प्रस्ताव गरेको एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार स्थायी कमिटीमा नेताहरु घनश्याम भुसाल,गुरु बराल, देवराज घिमिरे, भीमप्रसाद आचार्य,लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशिनाथ अधिकारी, रघुजी पन्त प्रस्तावित नाम हुन् ।

त्यसैगरी भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरख बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थाममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्की पनि स्थायी कमिटीमा प्रस्ताव भएका छन् ।

पूर्व माओवादीतर्फबाट मणिचन्द्र थापा र प्रभु साह पनि स्थायी कमिटीमा समेटिएका छन् । प्रस्तावित नाममाथि जारी केन्द्रीय कमिटी बैठकमा छलफल जारी छ ।

डनन्यूज ट्रेन्डिङ