
१सामाजिक सञ्जालमा हुने गतिविधिको कडा निगरानी
२चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
३रास्वपा नेता राजु राईले पार्टी छाडे
४बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
५गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
६कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
७धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
८धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
९बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
१०बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
११धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१२पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
६२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
७फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
१०प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
११बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१२‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
पोखरा, २५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनका अवसरमा आज जनयुद्धका सहिद, घाइते तथा बेपत्ता योद्धाका परिवारलाई सम्मान गरिएको छ ।
पार्टी स्थायी कमिटीका सदस्य एवं प्रतिनिधिसभामा सो दलका प्रमुख सचेतक देव गुरुङ, शिक्षा संस्कृति तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेल र राष्ट्रियसभामा माओवादी दलका नेता दीनानाथ शर्मालगायतले जनयुद्धका प्रथम सहिद गोरखाका दिलबहादुर रम्तेलका बुवा सेते रम्तेललगायत परिवारजनलाई दोसल्ला तथा सम्मानपत्रबाट सम्मान गर्नुभयो । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको जनयुद्धका क्रममा उच्च योगदान गर्ने सहिद, घाइते, बेपत्ता तथा राज्यद्वारा यातना पाएकाहरूलाई सम्मान गरिएको माओवादी केन्द्र गण्डकीका अध्यक्ष हरि अधिकारीले बताउनुभयो ।
सो अवसरमा जनयुद्धमा गण्डकी प्रदेशबाट पार्टीको उच्च नेतृत्वबाट बलिदान गर्ने सहिद सुरेश वाग्लेका छोरा विकास वाग्ले, बेपत्ता योद्धा पूर्ण पौडेलका आमा मोतीमाया पौडेल, लामो समय जेल जीवन बिताउने झलकपाणि तिवारी, पुराना कम्युनिष्ट नेता पूर्णबहादुर गुरुङ, क्या पूर्णबहादुर राना (बाग्लुङ), डिल्लीजङ्ग गुरुङ र चन्द्रबहादुर जिसीलाई पनि सम्मान गरिएको थियो ।
यसैगरी जनयुद्धमा गोरखा जेल ब्रेकर कमला नहर्की, गजुरी सैन्य हिरासत ब्रेक गर्ने कृष्ण पन्त, जनयुद्धका घाइते गोमा अधिकारी र एकाघरका चार सहिद तनहुँका इन्दु अधिकारी, बालचन्द्र, कलावती र गजेन्द्र अधिकारीका परिवारजन सरोज अधिकारीलाई पनि प्रशंसापत्रबाट सम्मान गरियो ।
पोखरा सभागृहमा मङ्सिर २६ गतेसम्म सञ्चालन हुने अधिवेशनले प्रदेशको नेतृत्व चयन गर्नेछ । अधिवेशनमा माओवादी केन्द्रका गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने शीर्षनेताहरूको उपस्थिति थियो । अधिवेशनबाट प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष तथा सचिव, सहसचिव र कोषाध्यक्ष एक÷एक जना गरी सात सदस्सीय पदाधिकारी सहित २२९ सदस्यीय प्रदेश समिति निर्वाचित हुने माओवादीले जनाएको छ ।
प्रदेशको प्रथम अधिवेशन विशेषगरी विचार निर्माण र सङ्गठनात्मक काममा मुख्य केन्द्रित बताइन्छ । अधिवेशनमा पालिकाहरूबाट निर्वाचित ६०० जना, मनोनित ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ जना सहभागी रहेको प्रदेश सचिव देवेन्द्र पराजुलीले जानकारी दिनुभयो । माओवादी केन्द्रको सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशको प्रथम अधिवेशनको एकैसाथ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअलरूपमा उद्घाटन गर्नुभयो ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी