News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

कांग्रेस महाधिवेशनमा रामचन्द्र पौडेल पनि उपस्थित

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु १४ औं महाधिवेशन उदघाटन समारोहस्थल भृकुटीमण्डपमा पुगेका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मञ्चमा पुगेलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मञ्चमा पुगेका हुन् ।

यसअघि नेता पौडेलले महाधिवेशनको उदघाटन समारोहमा सहभागी नहुने अड्डी लिएका थिए । सभापतिको उम्मेदवारमा दाबी गर्दै आएका पौडेलले आफ्नो नाममा सहमती नजुटेपछि महाधिवेशनस्थलमै नजाने बताएका थिए ।

उनलाई फकाउन नेताहरु आज बिहान पनि पौडेल निवास पुगेका थिए । उदघाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरु पनि पुग्ने क्रम जारी छ । महाधिवेशन उदघाटन समारोह औपचारिक रुपमा सुरु हुनुअघि अहिले मञ्चमा सांस्कृतिक कार्यक्रम भइरहेको छ ।