News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

भारतीय रक्षा प्रमुख रावतको निधनमा नेपाली सेनाद्वारा दुःख व्यक्त

काठमाडौँ । भारतीय रक्षा प्रमुख विपिन रावतको निधनप्रति नेपाली सेनाले दुःख व्यक्त गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले आफ्ना मानार्थ महारथी जनरलसमेत रहेका रावतसहित उनकी पत्नी र अन्य ११ जनाको हेलिकप्टर दुर्घटनामा भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति बुधबार साँझ नै फोन तथा पत्रमार्फत समवेदना व्यक्त गरेको पनि सेनाले जनाएको छ ।