
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
९पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
नारायण ढुङ्गाना
काठमाडौँ, २२ मङ्सिर । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) भित्रिएसँगै मुलुकभर उच्च सतर्कता अपनाउन थालिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते र त्यसअघिका निर्णयका आधारमा गृहमन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई आन्तरिक सर्कुलर जारी गर्दै उच्च सावधानी अपनाउन भनिसकेको छ । सोही आधारमा जिल्ला जिल्लामा आवश्यक तयारी थालिसकिएको छ ।
गृहप्रवक्ता प्रदीपकुमार कोइराला मन्त्रिपरिषद्ले विभिन्न मितिमा गरेको निर्णय र कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को निर्णयका आधारमा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र गराउनका लागि मातहतका निकायलाई सर्कुलर जारी गरिसकेको जानकारी दिनुभयो । सोहीअनुसार सीमा क्षेत्रका जिल्लाले आवश्यक निर्णय गरी कार्यान्वयनसमेत गर्न थालिसकेका छन् ।
यसअघि कोभिड–१९ को सङ्क्रमण न्यून भएकाले मापदण्ड कार्यान्वयनमा केही खुकुलो भएको थियो । अहिले पनि मापदण्ड विपरीतका कार्यक्रम देखिँदै आएको छ । पुनः त्यही मापदण्ड कार्यान्वयन गरी भीडभाड कम गर्न, दुई मिटरको दूरी कायम गर्न तथा साबुनपानीले नियमित हात धुने, सेनिटाइज गर्ने र खोप अभियानमा मानिसलाई सरिक गराउने जस्ता गतिविधिमा जोड दिन थालिएको छ ।
गृहप्रवक्ता कोइरालाले मापदण्ड पालना गराउन र सीमा प्रवेशमा सुरक्षा अपनाउँदै कडाइ गर्न थालिएको जानकारी दिनुभयो । उहाँले नयाँ केसको विषयमा सिसिएसमसी र स्वास्थ्य मन्त्रालयको विशेष निर्णयका आधारमा आवश्यक निर्णय गरेर अघि बढ्ने पनि बताउनुभयो ।
अघिल्लो हप्ता नेपाल आएका दुई विदेशी नागरिकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको थियो । त्यसको सङ्क्रमणमा गति उच्च रहेकाले सङ्क्रमण फैलिन नदिन नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर १३ गतेको निर्णयअनुसार ओमिक्रोन देखिएका विभिन्न १० मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ ।
सङ्क्रमित दुई नागरिक सङ्क्रमणमुक्त भइसकेका र उनीहरुको सम्पर्कमा रहेका भनिएका ६६ जनाको परीक्षण गर्दा कसैमा नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कोभिड–१९ को पछिल्लो समयमा पुष्टि भएको नयाँ भेरियन्ट हो वा रुप परिवर्तन भएको अवस्था हो । शुरुमा दक्षिण अफ्रिकामा पुष्टि भएको यो भेरियन्ट धेरै छिटो फैलिनसक्ने जनाइएको छ ।
त्यसैले सरकारले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो ।
सङ्क्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अनअराइभल भिसा पनि नदिने सरकारले निर्णय गरेको छ । जोखिम भएका मुुलुकबाट नेपाल भ्रमण गर्ने यात्रुले आफ्नै खर्चमा अनिवार्य सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय पनि सरकारले गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले नेपाल सरकार गृहमन्त्रालयको निर्देशनअनुसार सबै प्रहरी एकाइमा परिपत्र जारी गरी आवश्यक सतर्कता अपनाउन र मापदण्ड पालना गराउने सन्दर्भमा ध्यान दिन निर्देशन दिइसकिएको जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी अनिवार्य मास्क प्रयोग गर्ने, दुई मिटर दूरी कायम गर्ने र राम्ररी साबुनपानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्दा पनि नयाँ भेरियन्ट सङ्क्रमण रोक्न सकिने विज्ञबाट जानकारी आएको तर यसको अझै अध्ययन हुन बाँकी रहेको बताउनुहुन्छ । “अहिलेसम्मको पुष्टि भएको आधारमा यसअघि अपनाइएका मापदण्ड र खोप कार्यक्रम नै प्रभावकारी छ, हामीले त्यसलाई नै ध्यान दिनुपर्छ”, डा अधिकारीले भन्नुभयो ।
स्वास्थ्य विज्ञ डा विवेककुमार लाल खोप लिएर सुरक्षित हुन आग्रह गर्नुहुन्छ । “नयाँ कोरोना भाइरस ओमिक्रोन सङ्क्रमण रोक्न के गर्ने, खोपले काम गर्छ कि गर्दैन भन्ने जिज्ञासा सबैमा छ, अहिलेसम्मको अध्ययनले खोप प्रभावकारी नै छ”, डा लालले थप्नुभयो, “विज्ञको सिफारिस भनेको नै जनस्वास्थ्यका सबै मापदण्ड र उपलब्ध भएका खोपलाई निरन्तरता दिनु भरपर्दाे र सुरक्षित उपाय हो ।”
प्राप्त विवरणअनुसार हालसम्म विश्वमा २६ करोड ५७ लाख बढीमा सङ्क्रमण पुष्टि भइसकेको छ । अमेरिका र युरोपपछि दक्षिण पूर्वीएसियाली क्षेत्र कोरोनाबाट बढी प्रभावित छ । हालसम्म ५२ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । नेपालमा भने ५४ लाखभन्दा बढीमा परीक्षण गर्दा नौ लाख १९ हजारमा सङ्क्रमण भएको तथ्याङ्क छ । अहिलेसम्म ११ हजार ५४७ को मृत्यु भइसकेको छ । नेपालमा सङ्क्रमणदर १७ दशमलव छ प्रतिशत छ । प्रति १० लाखमा ३८० को मृत्यु भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताउनुभयो । केही शहरी क्षेत्रमा बढी सङ्क्रमित रहेका पनि उहाँले जानकारी दिनुभयो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ