
१विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
३ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
४विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
९शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
काठमाडौँ, १९ मङ्सिर । सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, अधिकारकर्मी र सञ्चार क्षेत्रका अगुवाले पत्रकारिता क्षेत्रले आफ्नो जिम्मेवारी पूरा गरेर मात्रै समाज परिवर्तनमा योगदान पु¥याउन सक्ने बताएका छन् ।
प्रेस काउन्सिल नेपाल र सञ्चारिका समूहले आज आयोजना गरेको ‘लैङ्गिक हिंसाका मुद्दाहरु सम्बोधनमा मिडियाको भूमिका’ विषयक छलफल कार्यक्रममा सहभागीले पत्रकारले नागरिक र राष्ट्रप्रतिको आफ्नो जिम्मेवारीको विषयमा सहज हुनुपर्ने बताएका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले मिडियामा प्रमाणित नभएका झुटा विषय ल्याउन नहुने बताउनुभयो । समाजलाई मार्गनिर्देश गर्न मिडियाको भूमिका रहेको औँल्याउँदै उहाँले भन्नुभयो, “पत्रकारले दिएका रचनात्मक सुझावका आधारमा अघि बढ्न हामी तयार छौँ ।”
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले महिला हिंसासम्बन्धी मुद्दा चाँडो फछ्र्याैट गर्दै आएको बताउनुभयो । विगतमा बालबालिकासम्बन्धी निर्देशिका बनाएर कार्यान्वयन भइसकेको र ज्येष्ठ नागरिकसम्बन्धी निर्देशिकाको तयारी अघि बढिरहेको उहाँको भनाइ छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीले अहिले सामुदायिक रेडियोमा नेतृत्व र कार्यरत जनशक्तिमध्ये महिलाको सङ्ख्या अधिक रहेकाले समाज परिवर्तनमा उनीहरुको उल्लेखनीय भूमिका रहेको उल्लेख गर्नुभयो । अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारीले आफूले नेतृत्व सम्हालेपछि विभिन्न ब्यूरोको प्रमुखका रूपमा र खोजी समाचारमा महिला पत्रकारलाई जिम्मेवारी दिएको बताउनुभयो ।
अग्रज पत्रकार बबिता बस्नेतले कुनै पनि व्यक्तिले के भनेर सम्बोधन गर्छ भन्दा पनि अर्काे व्यक्तिले त्यसलाई सहज रूपमा लिन्छ कि लिँदैन भन्ने महत्वपूर्ण भएको बताउनुभयो । सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले लैङ्गिक हिंसा अन्त्यका लागि मिडियाले प्रयास गरिरहे पनि पर्याप्त नभएको उल्लेख गर्नुभयो ।