
१विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
३ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
४विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
९शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४डुलुवाको अध्यक्षमा योगेश भट्टराई
५मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा गण्डकी प्रदेश सभापतिमा निष्ठावान तथा वरिष्ठ नेता शुक्रराज शर्मा विजयी भएका छन् । एकहजार एकसय ६५ प्रतिनिनिमध्ये एकहजार एकसय ४६ मत खसेकोमा नेता शर्माले प्रतिद्वन्द्वी अर्जुन जोशीलाई ८४ मतान्तरको फरकले हराएका हुन् । सभापतिमा शर्माले ६ सय १२ मत प्राप्त गरेका थिए भने जोशीले ५ सय २८ मतमात्र प्राप्त गरेका थिए ।
गण्डकी प्रदेशमा पौडेल र कोइराला पक्षले उपसभापति बाहेक सबै पदहरुमा एकलौंटी ढंगले विजय हासिल गरेको छ । उपसभापतिमा स्याङ्जाकी कल्पना तिवारी ६ सय २४ मत र संस्थापन पक्षका मेखलाल श्रेष्ठले ५ सय २८ मत प्राप्त गरेर विजयी भएका छन् ।
महामन्त्रीमा पौडेल समूहका गोेरखाका किरणबाबु श्रेष्ठले ५ सय ७३ शीर्ष मत ल्याउँदै विजयी भए भने सोही समूहबाट ५ सय ६७ मत ल्याउँदै विष्ण लामिछानेले जितेका छन् । लामिछाने गण्डकी प्रदेश सभा विधायन समिति सभापतिसमेत हुन् । संस्थापन पक्षबाट कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डे पराजित भएका छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका खड्का ११ मतले विजयी महामन्त्री लामिछानेसँग पछि परे । खड्कालाई हेबिवेट उम्मेदवारका रुपमा हेरिएको थियो ।
सहमहामन्त्रीमा दुबै जना पौडेल समूहका उम्मेदवार विजयी भएका छन् । लमजुङका रमेशकुमार पाण्डेले ६ सय १८, पर्वतका रामचन्द्र जोशीले ५ सय ६९ मत ल्याउँदै जीत हात पारेका छन् । पाण्डे लमजुङको मध्य नेपाल र जोशी कुश्मा नगरपालिकाका मेयर हुन् । संस्थापन समूहबाट गोरखाका राजनराज पन्त, तनहुँका झुलबहादुर आले उम्मेदवार थिए । युवराज बस्ताकोटी र गणेश सापकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।
महिला सहमहामन्त्रीमा पौडेल समूहकै कास्कीकी कोपिला रानाभाट विजयी भएकी छन् । गण्डकी प्रदेश सभा सदस्य तथा कांग्रेस संसदीय दलकी सचेतकसमेत रहेकी गौतमले ५ सय २४ मत ल्याउँदा रानाभाटले ५ सय ५२ मत ल्याएकी छन् ।