
१तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
२राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
३मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
४ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
५आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
६कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
७सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
८निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
९‘जनताको अन्तिम निर्णय नै सर्वोच्च हुन्छ’ : एमाले अध्यक्ष ओली
१०कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
११स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
१२१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
६पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
७नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
८बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
९धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१०बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
११कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
१२चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
दमौली, १८ मङ्सिर । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा तनहुँ जिल्लामा करिब तीन हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म दुई हजार ८१७ नयाँ मतदाता थपिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलनको काम हुँदै आएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने बित्तिकै मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि छुट्टै एक कर्मचारी खटाइएको छ ।
जिल्लामा कात्तिक मसान्तसम्म कूल मतदाता दुई लाख २९ हजार ८६३ पुगेका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता रहेकामा प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनका बेला मतदाताको सङ्ख्या दुई लाख ११ हजार ४४६ पुगेको थियो । गत चैत मसान्तसम्म मतदाताको सङ्ख्या दुई लाख २७ हजार ४६ पुगेको कार्यालयले जनाएको छ ।
कार्यालयले शुक्रबारदेखि जिल्लाका सबै स्थानीय तहबाट मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । दुई चरणमा गरी नौ वटा स्थानीय तहबाट मतदाता नामावली सङ्कलन सुरु भएको हो । पहिलो चरणमा मङ्सिर १७ गतेदेखि २६ गतेसम्म भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, बन्दिपुर गाउँपालिका, देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकामा मतदाता नामावली सङ्कलन गरिनेछ । दोस्रो चरणमा मङ्सिर २९ गतेदेखि पुस ९ गतेसम्म शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकामा मतदाता नामावली सङ्कलन हुनेछ । व्यास नगरपालिका भने सदरमुकाममै रहेकाले प्रशासन र निर्वाचन कार्यालयबाटै मतदाता नामावली सङ्कलन हुनेछ ।
मतदाता नामावली सङ्कलनका लागि नौ दर्तास्थल व्यवस्थापक, पाँच दर्ता कर्मचारी, नौ सहायक दर्ता कर्मचारी र नौ दर्तास्थल सहायक गरी कूल ३२ कर्मचारी परिचालन गरिएको छ । सम्बन्धित स्थानीय तहका कर्मचारीलाई नै दर्तास्थल व्यवस्थापकको रुपमा खटाइएको छ । सङ्कलन गरिएको विवरण पुस १० गतेदेखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा सञ्चालन भइरहेको मतदाता नामावली दर्ता कार्य उक्त अवधिमा पनि निरन्तर रहने निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो । अन्य जिल्लामा स्थायी बसोबास भई विभिन्न पेशा व्यवसाय गरी तनहुँमा रहेका नागरिकले आफ्नो स्थायी बसोबासको ठेगानामा मतदाता नामावली रहने गरी जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गराउन सक्नेछन् । मतदाता नामावली सङ्कलनलाई सहज बनाउन जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी र पालिकास्तरमा पालिकाका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु