
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
दमौली, १८ मङ्सिर । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा तनहुँ जिल्लामा करिब तीन हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म दुई हजार ८१७ नयाँ मतदाता थपिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलनको काम हुँदै आएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने बित्तिकै मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि छुट्टै एक कर्मचारी खटाइएको छ ।
जिल्लामा कात्तिक मसान्तसम्म कूल मतदाता दुई लाख २९ हजार ८६३ पुगेका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता रहेकामा प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनका बेला मतदाताको सङ्ख्या दुई लाख ११ हजार ४४६ पुगेको थियो । गत चैत मसान्तसम्म मतदाताको सङ्ख्या दुई लाख २७ हजार ४६ पुगेको कार्यालयले जनाएको छ ।
कार्यालयले शुक्रबारदेखि जिल्लाका सबै स्थानीय तहबाट मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । दुई चरणमा गरी नौ वटा स्थानीय तहबाट मतदाता नामावली सङ्कलन सुरु भएको हो । पहिलो चरणमा मङ्सिर १७ गतेदेखि २६ गतेसम्म भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, बन्दिपुर गाउँपालिका, देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकामा मतदाता नामावली सङ्कलन गरिनेछ । दोस्रो चरणमा मङ्सिर २९ गतेदेखि पुस ९ गतेसम्म शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकामा मतदाता नामावली सङ्कलन हुनेछ । व्यास नगरपालिका भने सदरमुकाममै रहेकाले प्रशासन र निर्वाचन कार्यालयबाटै मतदाता नामावली सङ्कलन हुनेछ ।
मतदाता नामावली सङ्कलनका लागि नौ दर्तास्थल व्यवस्थापक, पाँच दर्ता कर्मचारी, नौ सहायक दर्ता कर्मचारी र नौ दर्तास्थल सहायक गरी कूल ३२ कर्मचारी परिचालन गरिएको छ । सम्बन्धित स्थानीय तहका कर्मचारीलाई नै दर्तास्थल व्यवस्थापकको रुपमा खटाइएको छ । सङ्कलन गरिएको विवरण पुस १० गतेदेखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा सञ्चालन भइरहेको मतदाता नामावली दर्ता कार्य उक्त अवधिमा पनि निरन्तर रहने निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो । अन्य जिल्लामा स्थायी बसोबास भई विभिन्न पेशा व्यवसाय गरी तनहुँमा रहेका नागरिकले आफ्नो स्थायी बसोबासको ठेगानामा मतदाता नामावली रहने गरी जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गराउन सक्नेछन् । मतदाता नामावली सङ्कलनलाई सहज बनाउन जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी र पालिकास्तरमा पालिकाका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !