
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
नवीन पौडेल
काठमाडौँ, १८ मङ्सिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।
बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभा सम्पन्न भएर लाभांश वितरणको निर्णयसमेत पारित भइसकेका छन भने केही बैंक साधारणसभाको तयारीमा छन् ।
सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने जनाएको छ । नबिलले ३३ दशमलव छ प्रतिशत बोनस शेयर तथा चार दशमलव चार प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत आवको वितरण योग्य नाफाका आधारमा नेपाल एसबिआइ बैंकले सबैभन्दा कम तीन दशमलव पाँच प्रतिशत बोनस शेयर र एक दशमलव ८१ प्रतिशत नगद गरी जम्मा पाँच दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
त्यस्तै हिमालयन बैंकले आफ्ना लगानीकर्तालाई २१ दशमलव ३८ प्रतिशत बोनस शेयर तथा चार दशमलव ६२ प्रतिशत नगद गरेर २६ प्रतिशत लाभांश दिने भएको छ । सानिमा बैंकले १७ प्रतिशत बोनस तथा शून्य दशमलव ८९४७ प्रतिशत नगदसहित १७ दशमलव ८९४७, नेपाल बैंकले १४ प्रतिशत बोनस तथा तीन प्रतिशत नगदसहित १७ प्रतिशत, प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस तथा शून्य दशमलव ६३१३ प्रतिशत नगद गरी कूल १६ दशमलव ६३१३ प्रतिशत लाभांश दिने घोषणा गरेका छन । नेपाल इन्भेस्टमेन्ट बैंकले १२ दशमलव ६११ प्रतिशत बोनस तथा तीन दशमलव ३८९ प्रतिशत नगदसहित १६ प्रतिशत, सिटिजन्स बैंकले १२ दशमलव ९१३ बोनस तथा तीन दशमलव शून्य ८७ प्रतिशत नगद गरेर १६ प्रतिशत लाभांश वितरण गर्ने बताएका छन ।
लाभांश घोषणा गरेको एनएमबी बैंकले आफ्ना शेयरधनीलाई १२ दशमलव पाँच प्रतिशत बोनस शेयर तथा तीन दशमलव तीन प्रतिशत नगदसहित १५ दशमलव आठ प्रतिशत, एनआईसी एसिया बैंकले १५ प्रतिशत बोनस र शून्य दशमलव ७८९५ प्रतिशत नगद गरी १५ दशमलव ७८९५, नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत बोनस र तीन दशमलव पाँच प्रतिशत नगद, सिद्धार्थ बैंकले १४ दशमलव २५ बोनस र शून्य दशमलव ७५ प्रतिशत नगदसहित १५ प्रतिशत, माच्छापुच्छ«े बैंकले १३ दशमलव तीन बोनस तथा शून्य दशमलव सात प्रतिशत नगदसहित १४ प्रतिशत , बैंक अफ काठमाडौँले १० प्रतिशत बोनस र चार प्रतिशत नगद गरी १४ प्रतिशत, ग्लोबल आइएमइ बैैंकले १० प्रतिशत बोनस तथा तीन दशमलव पाँच प्रतिशत नगदसहित १३ दशमलव पाँच प्रतिशत, स्ट्याण्र्डड चार्टड बैंकले दश प्रतिशत बोनस तथा तीन दशमलव शून्य छ प्रतिशत नगद गरी १३ दशमलव शून्य छ प्रतिशन लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
प्रभु बैंकको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगदसहित १२ दशमलव ६३ प्रतिशत लाभांश दिने भएको छ । १० प्रतिशत बोनस तथा दुई दशमलव शून्य सात नगदसहित १२ दशमलव शून्य सात प्रतिशत मेगा बैंकले आफ्ना शेयरधनीलाई दिने भएको छ भने लक्ष्मी बैंकले आठ प्रतिशत बोनस तथा तीन दशमलव पाँच नगद गरेर ११ दशमलव पाँच प्रतिशत, एभरेष्ट बैंकले छ प्रतिशत बोनस शेयर र चार दशमलव ३२ प्रतिशत नगद, कुमारी बैंैकले छ प्रतिशत बोनस तथा दुई दशमलव ६७ प्रतिशत नगद, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसि)ले आठ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद र सनराईज बैंकले छ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगदसहित सात प्रतिशत लाभांश वितरण गर्ने बताएको छ ।
अब शेयरधनीलाई लाभांश वितरणको घोषणा गर्न बाँकी रहेका बैंकमा सेञ्चुरी बैंक, सिभिल बैंक र कृषि विकास बैंक छन् । घोषणा भएका लाभांश नियामकको अनुमति र साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीले प्राप्त गर्छन् । लाभांश घोषणा गरेकामध्य १४ बैंकले साधारणसभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज)को समय तोकेकामा ११ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोजको दिनसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुन्छन् । घोषित लाभांशमध्ये नगद लगानीकर्ताले उपलब्ध गराएको बैंक खातामा र बोनस शेयर डिम्याट खातामा सोझै जम्मा हुने व्यवस्था छ ।
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर