
१पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, विचौलिया पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
४समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
५संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
६‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
७लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
८बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
९आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
१०अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
११राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
१२राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
९सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
११पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१२कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच आइतबार भेट भएको छ । मुख्यमन्त्री कार्यालयमै दिउँसो भएको भेटमा मुलुकको शान्ति सुरक्षा र समसामयिक विषयमा कुराकानी भएको छ ।
मुख्यमन्त्री पोखरेलले मुलुकको हितमा नेपाली सेनाले निभाउँदै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । कतिपय मुलुकमा सेनाको हस्तक्षेप र महत्वाकांक्षाका कारण राजनीति अस्थिरता र उथलपुथल भए पनि नेपालमा सुरुदेखि नै नेपाली सेनाले संयमित भएर परिवर्तनलाई स्वीकार्दै कर्तव्य निभएको भनाइ राखे ।
कोरोनाकाल, प्राकृतिक विपत्तीका बेला नेपाली सेना जहिल्यै पनि अग्रपंक्तिमा खटिएको भन्दै उनले सिमित स्रोत र साधनका बीच सेनाले नागरिकको सेवामा खटिएको उनले स्मरण गरे । प्रधानसेनापति शर्माले नेपाली सेना जहिल्यै राष्ट्रहितमा लागीपरेको भन्दै विकास झ्निर्माणका साथै मुलुकलाई चाहिएको खण्डमा हरदम सेवामा तत्पर रहेको भनाइ राखे ।
गण्डकी प्रदेशबाट नेपाली सेनामा भर्ती हुनेको संख्या अधिक रहेको र आफ्ना पिता पुर्खासमेत कस्केली रहेको उनले मुख्यमन्त्रीसँगको भेटमा बताए । आफू जिम्मेवारीमा आएपछि सबै प्रदेशको वस्तुस्थिति बुझ्नका लागि भ्रमण थालेको उनले जानकारी गराए ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा अब पुरानो विमानस्थलको प्रयोगका बारेमा सोच्ने बेला आएको उनले बताए । पर्यटकीय केन्द्र पोखरामा साहसिक पर्यटन र आकश्मिक अवतरणका लागि उक्त स्थल खाली नै राख्नुपर्ने भन्दै उनले त्यसमा कुनै खालका संरचना नबनाउनका लागि अनुरोध गरे ।
विपत्तिका बेला बच्नका लागि पनि सहरमा ठूलो स्थान चाहिने भएकाले अहिलेको विमानस्थलको जमीन बचाइराख्नुपर्ने उनको सुझाव थियो । आइतबार मनाङ हुँदै पोखरा आएका उनले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग पनि भेट गरेका थिए । उनी सोमबार मुस्ताङ जाँदैछन् ।
उक्त अवसरमा गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रदेश सरकार र सुरक्षा निकायबबीचको सम्बन्धका बारेमा जानकारी गराए । भेटमा बिना विभागीय मन्त्री डोवाटे विक, प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडी, नेपाली सेना पश्चिम कमान्ड प्रमुख उपरथि बाबुराम श्रेष्ठसहित सहभागी थिए ।
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ