News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी

पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । उनका प्रतिस्पर्धी सुदिपमोहन भट्टराईलाई हराउँदै बराल निर्वाचित भएका हुन् । बरालले ९ सय ९५ मत ल्याएका थिए भने उनका प्रतिद्वन्दी भट्टराईले ९ सय १५ मत प्राप्त गरेका थिए ।

शुक्रबार भएको निर्वाचनमा सभापतिका पाँच उमेद्वारहरु मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएका कारण शनिबार हिजो पुनः मतदान भएको थियो । दोस्रो पटकको मतदानमा एकहजार ९ सय २६ मत खसेको थियो ।

शुक्रबार सभापति पदमा बराल, भट्टराई, आईबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरिराज गौतमले प्रतिस्पर्धा गरेका थिए । जसमा बरालले ६ सय ४४, भट्टराईले ४ सय ७२, गुरुङले ४ सय ६२, शर्माले ३ सय ३५ र गौतमले ६३ मत प्राप्त गरेका थिए ।

शुक्रबार भएको मतदानपछि आएको नतिजाले कुनै पनि उमेद्वारको ५१ प्रतिशत मत प्राप्त नगरेपछि शनिबार पुनः चुनाव हुँदा गुरुङ, शर्मा र गौतमले भट्टराईलाई समर्थन जनाउँदै मतदान गर्न आह्वान गरेका थिए । तर मतदाताहरुले उनीहरुको आह्वानलाई लत्याउँदै बराललाई नै विजयी बनाएका थिए ।

नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष बराल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकटका हुन् भने अन्य प्रतिस्पर्धीहरु संस्थापन पक्षका हुन् ।