
१निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
२‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
३जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
४नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
५विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
६अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
७स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
८जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
९नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
१०‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
११पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
१२प्रहरीको विशेष अभियान ‘अपरेशन ३६५’ शुरु
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
८सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
९माओवादी नेताहरूको विलासी जीवनशैलीमाथि प्रश्न
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
१२जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सांसद प्रदीप यादवलाई केन्द्रीय समिति सदस्यबाट निस्कासन गरेको छ । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा यादवलाई मन्त्री नबनाएको भन्दै वीरगञ्जलगायतका स्थानमा अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरिएको थियो । सो पुत्ला दहन यादवकै निर्देशनमा भएको भन्दै पार्टीले कारबाही गरेको हो ।
‘प्रदीपजीलाई कारबाही गर्नु हुन्न भनेर अधिकांशले मत राख्दा राख्दै पनि केन्द्रीय सदस्यबाट निस्कासन गर्ने निर्णय तीन दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले लिएको छ’ एक कार्यकारिणी सदस्यले भने ।
उनका अनुसार मोहम्मद इस्तियाक राई, राजकिशोर यादव, रमेश यादवलगायत अधिकांश नेताले कारवाही नगर्न आग्रह गर्दा पनि अध्यक्ष यादवको जोडबलमा कारबाहीको निर्णय भएको हो ।
कार्यालय सचिव प्रकाश अधिकारीले पेस गरेको छानबिन समितिको प्रतिवेदनको आधारमा यादव केन्द्रीय सदस्यबाट निस्कासनमा परेका हुन्। यादवले दिएको प्रस्टीकरण चित्त नबुझेपछि अध्यक्ष यादवले कारबाही गरेका हुन् ।
सांसद यादवलाई साधारण सदस्यबाट नै निस्कासन गर्ने प्रस्ताव गरे पनि अन्य नेताको बिरोधपछि केन्द्रीय सदस्यबाट मात्रै तत्कालका लागि निस्कासन गरिएको एक नेताले बताए ।
त्यसो त सांसद यादव यसअघि पनि कारबाहीमा परिसकेका हुन् । स्वतन्त्र तिब्बत पक्षधरले युरोपेली मुलुक लात्भियायामा आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो ।
यसैगरी, बैठकले बिरगञ्ज महानगरपालिकाका मेयर बिजय सरागवीलाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ भने १६ जना केन्द्रीय कार्यकारिणी थप गर्ने निर्णय पनि बैठकले लिएको छ ।
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी