
१विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
३ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
४विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
९शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आठौं पार्टी पुनर्गठन दिवसका अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । जस अन्तर्गत नेकपाले सोमबार मोटरसाईकल ¥यालीको आयोजना गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार स्थानीय तहसम्म विभिन्न कार्यक्रमहरु गर्दै आठौं पार्टी पुनर्गठन दिवस मनाईएको हो ।
पोखराको पृथ्वीचोकबाट शुरु भएको ¥याली सभागृहचोक हुँदै चिप्लेढुङ्गा, सिदार्थचोक, जिरो किलो मिटर, हल्लनचोक, लेकसाईड, मिलनचोक, एयरपोर्ट परिक्रमा गर्दै पृथ्वी राजमार्ग अन्तर्गत अमरसिंह चोक, बिजयपुल, बुढिबजार, अर्घौ, तालचोकहुँदै शिशुवा चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।
पार्टी पुनर्गठन दिवसको उत्सवमा निकालिएको उक्त ¥यालीमा नेकपा जिन्दावाद !, एकीकृत जनक्रान्ति जिन्दावाद !, महान सहिद अमर रहुन् !, वेपत्ताको खोजी गर !, बैज्ञानिक समाजवाद जिन्दावाद !, दलाल संसदीय ब्यवस्था खारेज गरौँ जस्ता नाराहरु लगाईएको थियो ।
यस्तै देशव्यापी आयोजना गरिने कार्यक्रम अन्तर्गत नेकपाले मंगलवार ७ गते खेलकुद, अतिरिक्त क्रियाकलापमा कविता, लोकगीत, वक्तृत्व कलालगायत कार्यक्रमहरू आयोजना गर्ने भएको छ ।
त्यसैगरी मंसिर ८ गते विहान चोकचोकमा पार्टीका झन्डा र पार्टी पुनर्गठन दिवसका व्यानर टाँगिने र त्यस दिन अबिर जात्रा, चियापान र युवा मार्च गरिने नेकपा कास्कीका ईञ्चार्ज उमा भूजेलले जानकारी दिईन् । इञ्चार्ज भूजेलले भनिन्–‘साँझ बजार, चोक र घरघरमा दीप प्रज्वलन गरेर साथै उपहार आदानप्रदान गरी पार्टी पुनर्गठन दिवस मनाउन सबैमा अनुरोध गर्दछु ।’