
१विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
३ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
४विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
९शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टी भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न आग्रह गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै आज गर्ने महाधिवेशन प्रतिनिधि चयनको निर्णयले महाधिवेशनबाट पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय हुने उनको भनाइ छ ।
‘आज देशभर पार्टीको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ। आज गर्ने निर्णय र छनोटले नै मंसिर २४ देखि हुने महाधिवेशनमार्फत पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय गर्छ भन्ने ख्याल राख्दै निर्णय गर्नका लागि हार्दिक अपिल गर्दछु,’ थापाको अपीलमा उल्लेख छ ।
आज सही निर्णय गर्न सक्यौं भने मात्र पार्टीले सहि गति लिने थापाको भनाइ छ । ‘पार्टीलाई नवजीवन दिने कामको आरम्भ तपाईंहरुबाट हुनेछ। तपाईं निर्णय पार्टीको सर्वोत्तम हित र नव निर्माणका लागि हुने छ भन्नेमा विश्वस्त छु,’ थापाले भने ।
परिवर्तनको वेगलाई ठम्याएर समयानुकूल पाइला चाल्न सकियो भनेमात्र हाम्रो श्रेष्ठता प्रमाणित हुने उनले बताए । ‘सात दशकदेखि नेपाली राजनीतिको हरेक मञ्चमा हाम्रो पार्टीले सदा केन्द्रीय भूमिका निर्वाह गर्दै आएकोमा हामीलाई गर्व छ । तर, इतिहासलाई सिरानी हालेर मात्र अब हाम्रो श्रेष्ठता कामय रहन सक्दैन। परिवर्तनको वेगलाई ठम्याएर समयानुकूल पाइला चाल्न सकियो भनेमात्र हाम्रो श्रेष्ठता प्रमाणित हुँदै जानेछ,’ उनले भने