
१पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
३सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
४ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
५विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१०शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
काठमाडौँ । इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा ७-९ मंसिरसम्म सञ्चालन हुने इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आईजीपी थापा आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपाल प्रमुखसमेत रहेका आईजीपी थापा क्षेत्रीसँग महासभामा सहभागी हुन एआईजी प्रद्युम्न कुमार कार्की र एसपी सविन प्रधानसमेत त्यसतर्फ प्रस्थान गरेका छन् । उनीहरुलाई एआईजी निरजबहादुर शाही, डीआईजीलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे ।
१९४ इन्टरपोल सदस्य राष्ट्रका हेड अफ द एनसीबी तथा प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रको वार्षिक प्रतिवेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीको निर्वाचन हुने।
नयाँ सदस्यताका लागि आवेदन गर्ने देशका लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निर्णय हुने लगायतका कार्यक्रम रहेका छन् । यस वर्ष महासभामा इन्टरपोल सदस्यताको लागि दि फेडेरेटेट स्टेट्स अफ माइक्रोनेसियाले आवेदन गरेको छ ।
महासभामा इन्टरपोल तथ्यांक प्रशोधनको आवश्यकता, प्रहरी कार्य तथा प्रविधि, बजेट, संगठित अपराध, साइबर क्राइम, आतंकवाद, मानव बेचबिखनजस्ता अपराध लगायतका विविध विषयमा संकल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम हुनेछन् ।
साथै नेपालको प्रतिनिधि मण्डलले टर्की, यूएई, दक्षिण कोरिया र बंगलादेशसँगसमेत विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । प्रहरी महानिरीक्षक थापा क्षेत्रीको अनुपस्थितिमा एआईजी निरजबहादुर शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।