
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
काठमाडौँ । २९ जनवरी १९८१ मा जेफ होवार्टको कप्तानीमा न्युजिल्याण्डले बेन्सन एण्ड हेजेज वर्ल्ड सिरिज कपको पहिलो फाइनलमा अस्ट्रेलियालाई ७८ रनले पराजित गर्यो। त्यसपछि यि दुई देश १६ पटक नकआउट चरणमा भिडेका छन् र प्रत्येक पटक अस्ट्रेलियाले जितेको छ।
होवार्टपछि जेरेमी कोर्न, जेफ क्रो, जोन राइट, बक मार्टिन क्रो, इयान स्मिथ, केन र दरफोर्ड, ली जर्मन, स्टिफन फ्लेमिङ, डियोन नास, ड्यानियल भेट्टोरी, रस टेलर, ब्रेन्डन म्याकुलम, टम लाथमले किबी टीमको कप्तानी समाल्ने अवसर पाए। तर, केही गर्न सकेनन्।
यसपटक भने ४० वर्षपछि केन विलियम्सनसँग इतिहास रच्ने अवसर छ। दुवै टोलीले यस प्रतियोगितामा हालसम्म १२ खेलाडीलाई मौका दिएका छन् भने सुपर–१२ मा एक एक खेल मात्र हारेका छन् ।
न्युजिल्याण्डले ४० वर्षसम्म गर्न नसकेको काम आज विश्वकपको फाइनलमा गर्न सक्छ वा अष्ट्रेलियाले फेरी इतिहास दोहोर्याउँछ ? यो प्रश्न सबैको जिज्ञासाको विषय बनेको छ। न्युजिल्याण्ड हालै आईसीसी प्रतियोगितामा सबैभन्दा सफल टोलीको रूपमा उभिएको छ। सन् २०१५ देखि यो टोलीले पाँचौं फाइनल खेल खेल्नेछ। सन् २०१९ को एक दिवसीय विश्वकपमा पनि किवी टोली फाइनलमा पुगेको थियो।
तर, खेल र सुपर ओभरमा बराबरी भएपछि कम बाउन्ड्रीका आधारमा ट्रफीबाट वञ्चित भएको थियो । यस टी–२० विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डको जितका नायक बनेका जेम्स निसमले एक दिवसीय विश्वकपको फाइनल खेलेका थिए। त्यसपछि उनी हारबाट यति निरास भए कि क्रिकेटर नबनेकै भए राम्रो हुन्थ्यो भन्ने सोच्न थाले। उनी क्रिकेटबाट सन्यास लिने सोचमा थिए। अब न्युजिल्यान्ड टोली र निसम दुवैसँग त्यो निरासालाई हटाउने र खुसी खोज्ने मौका आएको छ।
अस्ट्रेलियाको ब्याटिङ र न्युजिल्यान्डको बलिङबीच प्रतिस्पर्धा
दुवै टोलीको बल र कमजोरीको कुरा गर्दा अस्ट्रेलिया ब्याटिङमा बलियो छ भने न्युजिल्यान्ड बलिङमा । टी–२० क्रिकेटमा सामान्यतया राम्रो ब्याटिङ गर्ने टोलीलाई फाइदा हुन्छ तर यो प्रतियोगिता कम स्कोरिङ भएको र जितका लागि राम्रो बलिङ बढी महत्वपूर्ण भएको छ ।
दुवै टोलीले अहिलेसम्म टी–२० विश्वकपको ट्रफी जित्न नसकेकाले यसपटक नयाँ च्याम्पियन पाउने पक्का छ। दुवै टोलीले आफ्नो सेमिफाइनल खेल जितेको शैलीलाई हेर्दा थप एक विस्फोटक खेलको अपेक्षा गर्न सकिन्छ।
न्युजिल्याण्ड समूह चरणमा उत्कृष्ट बलिङ टोली बनेको थियो । अस्ट्रेलिया र न्युजिल्याण्डबीचको टी–२० ढाँचामा कङ्गारू टोलीको वर्चस्व रहेको छ। साथैक्क, अष्ट्रेलियाले आईसीसी प्रतियोगिताको नकआउट खेलमा न्युजिल्याण्डमाथि शतप्रतिशत कीर्तिमान राखेको छ।
यि टोलीहरूबीच आइसीसी इभेन्टमा क्वार्टरफाइनलदेखि फाइनलसम्म चार खेल भइसकेका छन्। सबैमा अष्ट्रेलियाले जितेको छ। प्रतियोगिताको सेमिफाइनलमा उपाधि जित्ने प्रबल दावेदार मानिने इंग्ल्याण्डविरुद्ध पनि टोलीले शानदार ब्याटिङ प्रदर्शन गरेको थियो ।
मार्टिन गुप्टिलको अष्ट्रेलियाविरुद्धको टी–२० कीर्तिमान राम्रो छ र उनको ओपनिङ पार्टनर डेरिल मिचेलले पनि करियरको उत्कृष्ट इनिङ्स खेलिरहेका छन्। कप्तान केन विलियम्सनबाट ठूलो इनिङको पर्खाइ छ।
उनले आज राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । जेम्स निसमले इंग्ल्यान्डविरुद्ध मध्यक्रममा आफ्नो योग्यता प्रमाणित गरे तर न्युजिल्याण्डले डेभोन कोनवेलाई भने गुमाउँनेछ। उनी सेमिफाइनलमा घाइते भएका थिए । र, उनको स्थानमा टिम सेफर्टले खेलेका थिए।
टिम साउथी र ट्रेन्ट बोल्टको अनुभवी जोडीले अस्ट्रेलियाका ओपनर आरोन फिन्च र डेभिड वार्नरलाई पावरप्लेमा नियन्त्रणमा राख्ने अपेक्षा गरिएको छ। तेस्रो गतिका बलर एडम मिल्नेले पनि राम्रो प्रदर्शन गरिरहेका छन् ।
यसअघिका खेलमा लेग स्पिनर इश सोधीले मध्य ओभरमा प्रभावशाली प्रदर्शन गरेका थिए । यो न्युजिल्याण्डको पहिलो टी–२० विश्वकप फाइनल हो। यदि न्युजिल्याण्डले फाइनल जित्यो भने उनीहरूको लागि ठूलो उपलब्धि हुनेछ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने