
१चैत १३ मा प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
२मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
३पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
४मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
५ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
८राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
९मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
१०ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
११आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
१२कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
८पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
९धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१०आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
११बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
१२कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
काठमाडौँ । २९ जनवरी १९८१ मा जेफ होवार्टको कप्तानीमा न्युजिल्याण्डले बेन्सन एण्ड हेजेज वर्ल्ड सिरिज कपको पहिलो फाइनलमा अस्ट्रेलियालाई ७८ रनले पराजित गर्यो। त्यसपछि यि दुई देश १६ पटक नकआउट चरणमा भिडेका छन् र प्रत्येक पटक अस्ट्रेलियाले जितेको छ।
होवार्टपछि जेरेमी कोर्न, जेफ क्रो, जोन राइट, बक मार्टिन क्रो, इयान स्मिथ, केन र दरफोर्ड, ली जर्मन, स्टिफन फ्लेमिङ, डियोन नास, ड्यानियल भेट्टोरी, रस टेलर, ब्रेन्डन म्याकुलम, टम लाथमले किबी टीमको कप्तानी समाल्ने अवसर पाए। तर, केही गर्न सकेनन्।
यसपटक भने ४० वर्षपछि केन विलियम्सनसँग इतिहास रच्ने अवसर छ। दुवै टोलीले यस प्रतियोगितामा हालसम्म १२ खेलाडीलाई मौका दिएका छन् भने सुपर–१२ मा एक एक खेल मात्र हारेका छन् ।
न्युजिल्याण्डले ४० वर्षसम्म गर्न नसकेको काम आज विश्वकपको फाइनलमा गर्न सक्छ वा अष्ट्रेलियाले फेरी इतिहास दोहोर्याउँछ ? यो प्रश्न सबैको जिज्ञासाको विषय बनेको छ। न्युजिल्याण्ड हालै आईसीसी प्रतियोगितामा सबैभन्दा सफल टोलीको रूपमा उभिएको छ। सन् २०१५ देखि यो टोलीले पाँचौं फाइनल खेल खेल्नेछ। सन् २०१९ को एक दिवसीय विश्वकपमा पनि किवी टोली फाइनलमा पुगेको थियो।
तर, खेल र सुपर ओभरमा बराबरी भएपछि कम बाउन्ड्रीका आधारमा ट्रफीबाट वञ्चित भएको थियो । यस टी–२० विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डको जितका नायक बनेका जेम्स निसमले एक दिवसीय विश्वकपको फाइनल खेलेका थिए। त्यसपछि उनी हारबाट यति निरास भए कि क्रिकेटर नबनेकै भए राम्रो हुन्थ्यो भन्ने सोच्न थाले। उनी क्रिकेटबाट सन्यास लिने सोचमा थिए। अब न्युजिल्यान्ड टोली र निसम दुवैसँग त्यो निरासालाई हटाउने र खुसी खोज्ने मौका आएको छ।
अस्ट्रेलियाको ब्याटिङ र न्युजिल्यान्डको बलिङबीच प्रतिस्पर्धा
दुवै टोलीको बल र कमजोरीको कुरा गर्दा अस्ट्रेलिया ब्याटिङमा बलियो छ भने न्युजिल्यान्ड बलिङमा । टी–२० क्रिकेटमा सामान्यतया राम्रो ब्याटिङ गर्ने टोलीलाई फाइदा हुन्छ तर यो प्रतियोगिता कम स्कोरिङ भएको र जितका लागि राम्रो बलिङ बढी महत्वपूर्ण भएको छ ।
दुवै टोलीले अहिलेसम्म टी–२० विश्वकपको ट्रफी जित्न नसकेकाले यसपटक नयाँ च्याम्पियन पाउने पक्का छ। दुवै टोलीले आफ्नो सेमिफाइनल खेल जितेको शैलीलाई हेर्दा थप एक विस्फोटक खेलको अपेक्षा गर्न सकिन्छ।
न्युजिल्याण्ड समूह चरणमा उत्कृष्ट बलिङ टोली बनेको थियो । अस्ट्रेलिया र न्युजिल्याण्डबीचको टी–२० ढाँचामा कङ्गारू टोलीको वर्चस्व रहेको छ। साथैक्क, अष्ट्रेलियाले आईसीसी प्रतियोगिताको नकआउट खेलमा न्युजिल्याण्डमाथि शतप्रतिशत कीर्तिमान राखेको छ।
यि टोलीहरूबीच आइसीसी इभेन्टमा क्वार्टरफाइनलदेखि फाइनलसम्म चार खेल भइसकेका छन्। सबैमा अष्ट्रेलियाले जितेको छ। प्रतियोगिताको सेमिफाइनलमा उपाधि जित्ने प्रबल दावेदार मानिने इंग्ल्याण्डविरुद्ध पनि टोलीले शानदार ब्याटिङ प्रदर्शन गरेको थियो ।
मार्टिन गुप्टिलको अष्ट्रेलियाविरुद्धको टी–२० कीर्तिमान राम्रो छ र उनको ओपनिङ पार्टनर डेरिल मिचेलले पनि करियरको उत्कृष्ट इनिङ्स खेलिरहेका छन्। कप्तान केन विलियम्सनबाट ठूलो इनिङको पर्खाइ छ।
उनले आज राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । जेम्स निसमले इंग्ल्यान्डविरुद्ध मध्यक्रममा आफ्नो योग्यता प्रमाणित गरे तर न्युजिल्याण्डले डेभोन कोनवेलाई भने गुमाउँनेछ। उनी सेमिफाइनलमा घाइते भएका थिए । र, उनको स्थानमा टिम सेफर्टले खेलेका थिए।
टिम साउथी र ट्रेन्ट बोल्टको अनुभवी जोडीले अस्ट्रेलियाका ओपनर आरोन फिन्च र डेभिड वार्नरलाई पावरप्लेमा नियन्त्रणमा राख्ने अपेक्षा गरिएको छ। तेस्रो गतिका बलर एडम मिल्नेले पनि राम्रो प्रदर्शन गरिरहेका छन् ।
यसअघिका खेलमा लेग स्पिनर इश सोधीले मध्य ओभरमा प्रभावशाली प्रदर्शन गरेका थिए । यो न्युजिल्याण्डको पहिलो टी–२० विश्वकप फाइनल हो। यदि न्युजिल्याण्डले फाइनल जित्यो भने उनीहरूको लागि ठूलो उपलब्धि हुनेछ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष