News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कला/साहित्य भिडियो मनोरञ्जन समाचार

निशाको स्वर र टिकाको संगीतमा ‘पिरतीको खुल्ला आकाशमा’ सार्वजनिक (भिडियो)

काठमाडौं । ‘तस्विर, म के भनु, नेपाली छोरी’ सधैलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा कमाएकी गायिका निशा  कँडेलले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो  ‘पिरतीको खुल्ला आकाशमा’ सार्वजनिक गरेकी छिन् ।

मेलोडियस भर्सनको  गीतमा  रमेश दहालको शब्द रहेको छ भने टिका दहालले गीतलाई संगीतवद्द गरेका हुन्।  गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ। अभि लामाले कोरियोग्राफी गरेको भिडियोमा स्वयम् गायिका निशा कँडेल फिचर्ड छिन्।  फराज अर्पणको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।

लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई गायिका कँडेलको आधिकारिक च्यानल निशा कँडेल मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।