
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
खेमराज गौतम
गलकोट, १९ कात्तिक। हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन बागलुङ नगरपालिका–२ स्थित मरेपिपल निवासी मीरा श्रेष्ठलाई भ्याइनभ्याइ छ । मीरासँगै उहाँका श्रीमान् र छोराले दसैँ अघिदेखि रात दिन नभनेर झिनियाँसहित चिनी, फिनी, भेली र नमकिन बनाइराख्नुभएको छ ।
तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि मीरासहित अन्य बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ तर, बागलुङ बजारमा सर्वाधिक झिनियाँ मीराले उत्पादन गर्दै आउनुभएको छ । उहाँले दसैँ अघिदेखिबाट रु चार लाखको झिनियाँ र तयारी अन्य रोटी बिक्री गरिसकेको बताउनुभयो । तीन घण्टामा १०० दर्जन झिनियाँ उत्पादन गर्दै आएको मीराको भनाइ छ ।
“पहिलेजस्तो नाफा त छैन तर सात÷आठ वर्षदेखि झिनियाँ बनाउँदै आएकी छु एकै सिजनमा रु आठ लाखसम्म कारोबार गरेको थिएँ, पछिल्ला वर्षमा झिनियाँको व्यापार केही घटेको छ, अहिले एकै सिजनमा रु छ लाखको कारोबार हुने अपेक्षा छ”, मीराले भन्नुभयो, “रु चार लाखको बिक्री भइसक्यो, दुई लाखका झिनियाँ र तयारी रोटी बिक्रीका लागि तयारी भइरहेको छ ।”
नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य चाडबाडमा पनि झिनियाँको माग बढ्न थालेपछि अन्य समयमा समेत झिनियाँ, चिनी, फिनीलगायत रोटी बनाउन भ्याइनभ्याइ हुने गरेको छ । बागलुङका उद्यमीले दसैँ तिहारलाई लक्षित गरी दुई महिना अगाडिदेखि नै झिनियाँ रोटी बनाउन थालेका छन् । विशेषगरी तिहारको बेलामा झिनियाँको माग अत्यधिक हुने भएकाले आफूले दुई महिनादेखि झिनियाँ रोटी बनाइराखेको मीराले बताउनुभयो । बागलुङ बजारको मरेपिपलमा वर्षौंदेखि परम्परागतरूपमा झिनियाँ बनाउँदै आउनुभएकी मीराले बागलुङ बजारमा मात्रै आफूजस्ता दर्जनौँ महिला झिनियाँ रोटी बनाएर आयआर्जन गर्दै आइरहेको बताउनुहुन्छ ।
अहिले आधुनिक उपकरणको सहायताले ठूलो मात्रामा झिनियाँ उत्पादन गर्न सकिन्छ । मीराले तीन वर्षदेखि रु एक लाखको लागतमा झिनियाँ निर्माण गर्ने आधुनिक विद्युतीय उपकरणसमेत खरिद गर्नुभएको छ । तिहारमा दाजुभाइलाई सप्तरङ्गी टीकासँगै सप्तरङ्गी झिनियाँसमेत खुवाउने परम्परा रहेकाले उद्यमी विभिन्न रङका झिनियाँ निर्माण गर्न व्यस्त छन् । उद्यमी मीराले मरेपिपलामा अन्य महिलाले झिनियाँ बनाउन विस्तारै छोड्दै गए पनि आफूले व्यवसायलाई विस्तार गर्दै लगेको बताउनुभयो ।
उहाँका अनुसार थोकमा मूल्यमा सोना चामललाई रु एक हजार ३७० खरिद गर्ने गरिएको छ । एक बोरा चामलबाट करिब दुई हजार ५०० देखि तीन हजारसम्मको झिनियाँ उत्पादन गर्न सकिन्छ । थोक मूल्यमा झिनियाँको एक दर्जनको रु १०० र फुटकर रु १५० मा बिक्री गर्दै आइरहेका उद्यमी यतिबेला झिनियाँ तयार गरेर सुकाउनमा व्यस्त देखिन्छन् । दसैँपछि मौसम राम्रो भएका कारण झिनियाँको उत्पादन राम्रो भएको मीराको भनाइ छ ।
दसैँको अवधिमा सेतो रङको झिनियाँ बढी मात्रामा बिक्री हुने भए पनि तिहारको समयमा सात रङको झिनियाँको माग आउने गरेको छ । मीराले चिनी रोटी रु ६०, फिनी रोटी ६०, भेली रोटीलाई ५० र नमकिन रोटीलाई ५० मा बिक्री गर्दै आउनुभएको छ । रासस
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता