News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार समाचार

काठमाडाै‌बाट तिहारमा घर जाने यात्रुलाई सडकमै कोरोनाविरुद्धको खोप लगाइदै

काठमाडाै‌ । तिहार मनाउन घर जान लागेका यात्रुलाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका तिहार मनाउन काठमाडौं बाहिर जाने यात्रुलाई कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा कोरोनाविरुद्धको खोप दिन लागिएको हो।

मन्त्रालयका अनुसार दुईदिनसम्म सञ्चालन हुने कार्यक्रम बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ। यी चार स्थानमा आज बिहानदेखि नै खोप कार्यक्रम सुरु गरिएको छ।

आज र भोलि दुई दिन चल्ने खोप कार्यक्रममा आफ्नो उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाउन सकिनेछ। भेरोसिल र एस्ट्राजेनेका खोप नि:शुल्क लगाइने मन्त्रालयले जनाएको छ।