
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
काठमाडाै । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनमत संग्रह गरिए आफुहरु चुनाव लड्न तयार भएको बताएका छन् ।
दाङमा शनिबार पार्टीनिकट युवा सङ्गठनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै विप्लवले जनताले चाहेजस्तो शासकीय व्यवस्था हुनुपर्ने बताएका छन्। ‘वैज्ञानिक समाजवाद कि दलाल पूँजीपति वर्गको सत्ता रोज्ने जनमत संग्रह’ हुनुपर्ने माग आफूहरूको रहेको उनको भनाइ छ।
‘कांग्रेस र सरकारमा बसेका अन्य पार्टीहरू लोकतन्त्रवादी हुन् भने ल ठिक छ, हामी एकपटक चुनाव लड्न चाहन्छौं,’ उनले भने, ‘संसदीय चुनाव लड्ने होइन। वैज्ञानिक समाजवाद रोज्ने कि दलाल पूँजीपति वर्गको सत्ता रोज्ने एकचोटी जनमत संग्रह गरियोस्, हामी चुनाव लड्न चाहन्छौं।’
जनमतसंग्रह गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुरा राखेको उनले बताए।
‘मैले प्रचण्डलाई पार्टी मिलाऔं तर त्यो पार्टी मिल्नका लागि मिलाउने होइन। ठूलो बनाउन होइन बरू जनमत संग्रहका निम्ति र समाजवादमा पुर्याउन तथा जनतालाई स्वाधिनता दिनका लागि मिलेर जाऔं भन्ने प्रस्ताव गरेको थिएँ,’ उनले भने, ‘चुनाव जित्नैका लागि भने हामीबाट एकता सम्भव छैन।’
तर प्रचण्ड जनताका पक्षमा संघर्ष गर्न तयार भए आफूहरू सहकार्य गर्ने पनि बताए। ‘कांग्रेस, एमाले वा माओवादी जो तयार भए पनि सहकार्य गर्छौं,’ उनले भने, ‘उहाँहरू सहकार्य गर्न चाहनुहुन्न। बरू हामीलाई पनि आफैँजस्तो सत्तामा पुर्याउन चाहनुहुन्छ, हामी उहाँहरूको सत्ता-प्रवृत्ति हेरेर वाक्क भइसकेका छौं।’
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि आफूहरूलाई प्रतिबन्ध नै लगाएको र त्यसबेला ओली र प्रचण्डबीच झगडा हेर्दा आफूहरू वाक्क भएको पनि विप्लवको भनाइ थियो।
उनले सरकारसँग गरिएका तीन बुँदा भाँड्न खोज्नु भनेको शान्ति नचाहनु भएको पनि बताए। उनले आफूहरूको लडाइँ भ्रष्टचार, अनियमिततासँग रहेको पनि बताएका थिए।ओली प्रधानमन्त्री हुँदा विप्लवले सरकारसँग तीन बुँदे सहमति गरेका थिए। सरकारका तर्फबाट उक्त सहमति अहिलेसम्म लागु हुन् सकेको छैन ।
सम्मेलनलाई सम्बोधन गर्दै विप्लवले युवाहरू निराश हुनु नहुने धारणा राखेका छन् । उनले संसारभरि श्रम गर्न पुगेका नेपाली श्रमजीवी युवाहरूले ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनलाई नियालिरहेको भन्दै तमाम बिदेशी भूमिमा सस्तो श्रममा बेचिएका युवाहरूको आवाजलाई सङ्गठनले सम्बोधन गर्ने बेला आएको बताए ।
महासचिव विप्लवले दलाल पुँजीवादी सत्ताले आफूहरूलाई प्रतिबन्ध लगाएर समुल नष्ट गर्न खोजेको समेत जिकिर गरे । विप्लवले आफूहरू जहिले पनि शान्तिपूर्ण ढङ्गले राजनीतिक कार्यक्रम अघि बढाइरहेको भएतापनि दलाल सत्ताले युद्धमा जबर्जस्त होम्न खोजेको जिकिर गरे ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा