
१तनहुँ क्षेत्र नं. १ मा रास्वपाका डा.स्वर्णिम वाग्ले विजयी
२रास्वपाले बागलुङमा भत्कायो जनमोर्चाको पुरानो गढ
३कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
४झापा ५ मा बालेनको अग्रता
५भक्तपुर-१ मा रास्वपाले तोड्यो नेमकिपाको किल्ला, सुवाल पराजित
६काठमाडौँका १० क्षेत्रमा रास्वपाको क्लिनस्वीप
७म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा.महावीर पुन विजयी
८रवि लामिछाने ३९ हजार मतको ठूलो अन्तरले विजयी
९मोरङ–६ मा डा. शेखरलाई हराउँदै रास्वपाकी रुबिना निर्वाचित
१०स्याङ्जा क्षेत्र नं. १ मा रास्वपाका धनञ्जय रेग्मी विजयी
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२कास्की–३ मा रास्वपाकी बिना गुरुङको ऐतिहासिक जित
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
काठमाडाै । मानवअधिकार तथा शान्ति समाजले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिएको खण्डमा महाभियोगको प्रक्रिया अघि बढाइ उनको बर्हिगमन सुनिश्चित गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ । प्रधानन्यायाधीश जबराको न्यायिक आचरणमाथि प्रश्न उठाउँदै राजीनामा÷बहिर्गमनको माग तीव्र भइरहेको र पछिल्लो चरणमा प्रधानन्यायाधीश राणा नैतिक रुपमा झनै च्युत भएको ठहर गर्दै समाजले यस्तो धारणा सार्वजनिक गरेको हो ।
समाजका सभापति गोविन्द खनालले विज्ञप्ति जारी गर्दै एकातिर न्यायिक क्षेत्रका जिम्मेवार व्यक्ति एवं निकायसहित न्यायालयको निष्पक्षताप्रति गम्भीर चासो व्यक्त गर्ने अधिकांशले प्रधानन्यायाधीशको राजीनामा माग गरेको र अर्कोतिर प्रधानन्यायाधीश जबराले राजीनामा नदिने अडानका कारण न्यायिक क्षेत्रमा असामान्य परिस्थिति सिर्जना भएको प्रस्ट पारेका छन् ।
‘यस्तो अवस्था उत्पन्न हुनु दुर्भाग्यपूर्ण छ र यसको निरन्तरताले निम्त्याउन सक्ने अव्यवस्था र अराजकता, लोकतान्त्रिक पद्धति र न्यायिक प्रणालीका लागि घातक हुनसक्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो असामान्य अवस्थालाई सामान्यीकरण गर्ने प्रमुख दायित्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भएको हुँदा प्रधानन्यायाधीश राणाले शीघ्र राजीनामा दिई निकास दिन मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ ।’
न्यायिक क्षेत्रमा विद्यमान विकृति अन्त्य गर्न शुद्धीकरणका लागि सबै क्षेत्रबाट व्यापक पहल हुनुपर्नेमा पनि समाजले जोड दिएको छ । न्यायिक क्षेत्रमा यस्तो स्थिति उत्पन्न हुनुका पछाडि लामो समयदेखि हुँदै आएको अस्वस्थ अभ्यास, तीव्र राजनीतिकरण, विचौलियाको विगविगीदेखि अनेकौ कारण रहेको र त्यसका लागि सबै प्रमुख दलहरु धेरथोर जिम्मेवार समाजको ठहर छ ।
‘प्रधानन्यायाधीश जबराको राजीनामा÷बर्हिगमन न्यायिक क्षेत्रमा शुद्धीकरणको पहिलो पाइला हुन सक्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि राजनीतिक पहुँचको आधारमा नियुक्त भएका अन्य न्यायाधीशहरुको बर्हिगमन पनि त्यत्तिकै आवश्यक छ भन्ने शान्ति समाजको धारणा छ ।’
न्यायालयमा राजनीतिक स्वार्थ प्रेरित नियुक्ति लगायत राजनीतिक दलहरुले गरेको गम्भीर त्रुटीका बारेमा पनि सार्वजनिक बहस प्रारम्भ गरी भविष्यमा त्यस्तो गम्भीर त्रुटि नदोहोरिने प्रक्रिया सुनिश्चित गर्नुपर्नेमा समाजले जोड दिएको छ ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल