
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
काठमाडौं । डेभिड वार्नरको अर्धशतक मद्दतमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गर्दै आईसीसी टी-२० विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ ।
सुपर १२ अन्तर्गत बिहीबार भएको ग्रुप ‘ए’को खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो । लगातार दोस्रो जितपछि अष्ट्रेलिया २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ । दुई खेल नै जितेको इंग्ल्याण्ड समान अंक भएपनि रनरेटमा अघि छ ।
सुपर १२ मा पहिलो खेलमा बंगलादेशलाई हराएको श्रीलंकाको यो पहिलो हार हो । वार्नरले अर्धशतक बनाएपछि अष्ट्रेलियाले १५५ रनको लक्ष्य १७ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्यो । वार्नरले ४२ बल खेल्दै १० चौका मद्दतमा ६५ रन बनाए ।
पहिलो विकेटका लागि वार्नर र कप्तान आरोन फिन्चले ७० रनको साझेदारी गर्दै अष्ट्रेलियालाई राम्रो सुरुवात दिलाएका थिए । फिन्चले २३ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ३७ रन बनाए ।
तेस्रो नम्बरमा ब्याटिङ गरेका ग्लेन म्याक्सवेल ५ रन बनाएर आउट भए । स्टिभ स्मिथले २६ बलमा अविजित २८ रन बनाए । यस्तै मार्कुस स्टोइनिसले ७ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित १६ रन जोडे ।
श्रीलंकाका लागि वानिन्दु हसरंगाले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए भने कप्तान दासुन सन्नाकाले १ विकेट लिए । त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।
श्रीलंकाका लागि कुशल परेरा र चरिथा असालंकाले समान ३५ रन बनाए । यस्तै भानुका राजापक्षले २६ बल खेल्दै अविजित ३३ रन जोडे ।
अष्ट्रेलियाका मिचेल स्टार्क, प्याट कमिङ्स र एडम जाम्पाले २-२ विकेट लिए । ४ ओभर बलिङ गर्दा जाम्पाले १० रन मात्र खर्चिएका थिए भने स्टार्कले २७ र कमिङ्सले ३४ रन खर्चिए ।