
१पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
३रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
४नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
५फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
६बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
७अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
८स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
९कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
१०उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
११रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
१२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
६‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
७उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१०पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
११पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१२आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
पोखरा, १२ कार्तिक । पत्रकार, सामाजिक अभियन्ता तथा विद्यालय सञ्चालक समेत रहेका श्रीप्रसाद बास्तोलाले आज आफ्नै घरमा आत्महत्या गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा १५ वर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम भन्दै उनले पैत्रिक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चैट भन्दै आज आफैं पनि चैट हुनुपरेको लेखेर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालका अनुसार हिजो राती आफ्नै घरमा उनलाई झुण्डिएको अवस्थामा भेटिएको हो । मृतकका भाइले अन्तिम संस्कारका लागि प्रहरीमा निवेदन दिएका छन् । यतिबेला बास्तोलाको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
हिजो राती ३:३० मा सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या गर्नुपर्ने कारण र आफूलाई फसाउन प्रपञ्च गर्ने व्यक्तिहरुको नामसहित उल्लेख गरेर श्रीमप्रसादले आत्महत्या गर्न लागेपछि अमेरिकामा रहेकी उनकी दिदीले त्यो स्टाटस देखेर तुरुन्तै नेपालमा रहेका भाइलाई खबर गरेकी थिईन् । भाइको घर भन्दा अलि पर रहेका दाइको घरमा पुगेर तत्कालै खोज्दा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

पत्रकार, सामाजिक अभियन्ता तथा विद्यालय सञ्चालक श्रीप्रसाद बास्तोला
प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसका सन्दर्भमा परिवारले आत्महत्या दुरुत्साहनमा निवेदन दिएमा नाम उल्लेखित सबैलाई पक्राउ गरी अनुसन्धान गर्न सकिने जनाएको छ । उनले आफ्नो मृत्यु पछि लाश नजलाउनु, गाडिदिनु, किरियामा कोही नबस्नु लगायतका उनलाई फसाउन गरिएका षडयन्त्र र मतियारहरुको नाम समेत उल्लेख गरेका छन् ।
आत्महत्या गर्नु अघि उनले षडयन्त्रकारीहरुको नामाबली भनेर मुख्य योजनाकार पो.म.न.पा.११ निवासी रवीन्द्रनाथ बास्तोला, विश्वराज बास्तोला, श्रीमती नाताकी सृजना बाँस्तोला, श्रीमतीसँग निकट उज्वल पुन मगर, अनिल गुरुङ, पोखरा-१४ स्थित अजय केसी, बाग्लुङ निवासी बिन्दु मगर, पोखरा काँहु निवासी हिम पौडेल, नारायण र नरेश गुरुङ लगायतको नाम उल्लेख गरेका छन् ।
श्रीप्रसादले लेखेको स्टाटसमा माथि उल्लेखित ब्यक्तिहरुको षडयन्त्रमा मेरी श्रीमतीले मेरो हस्ताक्षर गर्न लगाई झुक्याई खाली चेकमा रकम भरी फसाउने, भुक्तानी गरिएको लेनदेनको कागज नच्याती पेश गर्ने, श्रीमती सृजना बास्तोलाले मलाई नशालु पदार्थ खुवाई, अनिल गुरुङ र अजय केसीको सहयोगमा बिन्दु मगरले आफ्नो कोठामा बोलाई फसाउने उद्देश्य राखी यौन भिडियो बनाउने कार्य गरी फसाउन खोजिएको सही र साँचो भएको उल्लेख छ ।
कास्की प्रहरीका प्रवक्ता हमालले यसरी नामै किटान गरेर धेरै व्यक्तिहरुका बारेमा लेखिएको हुनाले यस सम्बन्धमा परिवारका तर्फबाट परेको उजुरीका आधारमा थप अनुसन्धान गर्ने र कुनै व्यक्तिगत रिसिईवीका कारण लेखिएको भए सोही अनुसार अनुसन्धान र कारवाही हुने बताए ।
आत्महत्या गर्नुअघि श्रीप्रसादले फेसबुकमा लेखेको स्टाटसः
१५ बर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम
देशको बाताबरण गर्ने होईन,मर्ने बनाउने खालको छ ।
पैत्रिक संपति, घर, खेत, जग्गा, सुन, गहना, स्कूल, सबै चैट ।
आज आफै चैट ।
लज्जा देख्नु भन्दा, अस्ताउनु बेश
छलकपटकी श्रीमती सृजना घिमिरे
मेरो लाश नजलाउन गाडिदिनु, मेरो किरीया कोहि नबस्नु
मैले तिर्ने काम प्राय सबै गरे
अरु श्रीमती संग लिनुहोला ।
प्रहरी प्रधान कार्यालय
काठमाडौं ।
बिषय : गम्भिर षडयन्त्र सम्बन्धमा । फसाउने प्रपन्च गरिएको सम्बन्धमा ।
षडयन्त्रकारीहरुको नामाबली : मुख्य योजनाकार पो.म.न.पा.११ निबासी रबिन्द्रनाथ बास्तोला,बिश्वराज बास्तोला,श्रीमती नाताकी सृजना बाँस्तोला,श्रीमती संग निकट उज्वल पुन मगर,अनिल गुरुङ,पोखरा १४ स्थित अजय के.सी, बाग्लुङ निबासी बिन्दु मगर, पोखरा काँहु निबासी हिम पौडेल नारायण, नरेश गुरुङ आदि ।
महोदय,
प्रस्तुत बिषयमा म श्रीप्रसाद बास्तोला पूर्व बिद्यालय संचालक हाल बाल अधिकार संरक्षणका लागि आवाज उठाउदै आएको ब्यक्ति हुँ । दुई बर्ष अगाडि बिश्वराज बास्तोला छात्रा र्दुब्यबहारमा पक्राउ परेपछि मलाई फसाउने धम्की दिईएको थियो ।
हाल आएर माथि उल्लेखित ब्यक्तिहरुको षडयन्त्रमा मेरी श्रीमतीले मेरो हस्ताक्षर गर्न लगाई झुक्याई खाली चेकमा रकम भरी फसाउने, भुक्तानी गरिएको लेनदेनको कागज नच्याती पेश गर्ने, श्रीमती सृजना बास्तोलाले मलाई नशालु पदार्थ खुवाई, अनिल गुरुङ र अजय केसीको सहयोगमा बिन्दु मगरले आफ्नो कोठामा बोलाई फसाउने उद्देष्य राखी यौन भिडियो बनाउने कार्य गरी मलाई फसाउन खोजेको सही साँचो हो । पोखरा टेलिभिजनको म सिईओ हुँदा बखतमा गरिएको चेकमा पनि मैले हस्ताक्षर मात्र गरी संस्थापकलाई बुझाएको मात्र हुँ ।
तसर्थ यस उपर निष्पक्ष छानबिन गरी कानून बमाजिम कारवाहीको लागि अनुरोध गर्दछु ।
कानून बमाजिमको आदेश पालना गर्न तयार गण्डकी प्रदेश प्रहरी कार्यालय कास्की,पोखरा
निबेदक
श्रीप्रसाद बास्तोला
९८५६०६४०३३
पो.म.न.पा.वडा नं ११

१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला