
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा, १२ कार्तिक । पत्रकार, सामाजिक अभियन्ता तथा विद्यालय सञ्चालक समेत रहेका श्रीप्रसाद बास्तोलाले आज आफ्नै घरमा आत्महत्या गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा १५ वर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम भन्दै उनले पैत्रिक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चैट भन्दै आज आफैं पनि चैट हुनुपरेको लेखेर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालका अनुसार हिजो राती आफ्नै घरमा उनलाई झुण्डिएको अवस्थामा भेटिएको हो । मृतकका भाइले अन्तिम संस्कारका लागि प्रहरीमा निवेदन दिएका छन् । यतिबेला बास्तोलाको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
हिजो राती ३:३० मा सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या गर्नुपर्ने कारण र आफूलाई फसाउन प्रपञ्च गर्ने व्यक्तिहरुको नामसहित उल्लेख गरेर श्रीमप्रसादले आत्महत्या गर्न लागेपछि अमेरिकामा रहेकी उनकी दिदीले त्यो स्टाटस देखेर तुरुन्तै नेपालमा रहेका भाइलाई खबर गरेकी थिईन् । भाइको घर भन्दा अलि पर रहेका दाइको घरमा पुगेर तत्कालै खोज्दा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

पत्रकार, सामाजिक अभियन्ता तथा विद्यालय सञ्चालक श्रीप्रसाद बास्तोला
प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसका सन्दर्भमा परिवारले आत्महत्या दुरुत्साहनमा निवेदन दिएमा नाम उल्लेखित सबैलाई पक्राउ गरी अनुसन्धान गर्न सकिने जनाएको छ । उनले आफ्नो मृत्यु पछि लाश नजलाउनु, गाडिदिनु, किरियामा कोही नबस्नु लगायतका उनलाई फसाउन गरिएका षडयन्त्र र मतियारहरुको नाम समेत उल्लेख गरेका छन् ।
आत्महत्या गर्नु अघि उनले षडयन्त्रकारीहरुको नामाबली भनेर मुख्य योजनाकार पो.म.न.पा.११ निवासी रवीन्द्रनाथ बास्तोला, विश्वराज बास्तोला, श्रीमती नाताकी सृजना बाँस्तोला, श्रीमतीसँग निकट उज्वल पुन मगर, अनिल गुरुङ, पोखरा-१४ स्थित अजय केसी, बाग्लुङ निवासी बिन्दु मगर, पोखरा काँहु निवासी हिम पौडेल, नारायण र नरेश गुरुङ लगायतको नाम उल्लेख गरेका छन् ।
श्रीप्रसादले लेखेको स्टाटसमा माथि उल्लेखित ब्यक्तिहरुको षडयन्त्रमा मेरी श्रीमतीले मेरो हस्ताक्षर गर्न लगाई झुक्याई खाली चेकमा रकम भरी फसाउने, भुक्तानी गरिएको लेनदेनको कागज नच्याती पेश गर्ने, श्रीमती सृजना बास्तोलाले मलाई नशालु पदार्थ खुवाई, अनिल गुरुङ र अजय केसीको सहयोगमा बिन्दु मगरले आफ्नो कोठामा बोलाई फसाउने उद्देश्य राखी यौन भिडियो बनाउने कार्य गरी फसाउन खोजिएको सही र साँचो भएको उल्लेख छ ।
कास्की प्रहरीका प्रवक्ता हमालले यसरी नामै किटान गरेर धेरै व्यक्तिहरुका बारेमा लेखिएको हुनाले यस सम्बन्धमा परिवारका तर्फबाट परेको उजुरीका आधारमा थप अनुसन्धान गर्ने र कुनै व्यक्तिगत रिसिईवीका कारण लेखिएको भए सोही अनुसार अनुसन्धान र कारवाही हुने बताए ।
आत्महत्या गर्नुअघि श्रीप्रसादले फेसबुकमा लेखेको स्टाटसः
१५ बर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम
देशको बाताबरण गर्ने होईन,मर्ने बनाउने खालको छ ।
पैत्रिक संपति, घर, खेत, जग्गा, सुन, गहना, स्कूल, सबै चैट ।
आज आफै चैट ।
लज्जा देख्नु भन्दा, अस्ताउनु बेश
छलकपटकी श्रीमती सृजना घिमिरे
मेरो लाश नजलाउन गाडिदिनु, मेरो किरीया कोहि नबस्नु
मैले तिर्ने काम प्राय सबै गरे
अरु श्रीमती संग लिनुहोला ।
प्रहरी प्रधान कार्यालय
काठमाडौं ।
बिषय : गम्भिर षडयन्त्र सम्बन्धमा । फसाउने प्रपन्च गरिएको सम्बन्धमा ।
षडयन्त्रकारीहरुको नामाबली : मुख्य योजनाकार पो.म.न.पा.११ निबासी रबिन्द्रनाथ बास्तोला,बिश्वराज बास्तोला,श्रीमती नाताकी सृजना बाँस्तोला,श्रीमती संग निकट उज्वल पुन मगर,अनिल गुरुङ,पोखरा १४ स्थित अजय के.सी, बाग्लुङ निबासी बिन्दु मगर, पोखरा काँहु निबासी हिम पौडेल नारायण, नरेश गुरुङ आदि ।
महोदय,
प्रस्तुत बिषयमा म श्रीप्रसाद बास्तोला पूर्व बिद्यालय संचालक हाल बाल अधिकार संरक्षणका लागि आवाज उठाउदै आएको ब्यक्ति हुँ । दुई बर्ष अगाडि बिश्वराज बास्तोला छात्रा र्दुब्यबहारमा पक्राउ परेपछि मलाई फसाउने धम्की दिईएको थियो ।
हाल आएर माथि उल्लेखित ब्यक्तिहरुको षडयन्त्रमा मेरी श्रीमतीले मेरो हस्ताक्षर गर्न लगाई झुक्याई खाली चेकमा रकम भरी फसाउने, भुक्तानी गरिएको लेनदेनको कागज नच्याती पेश गर्ने, श्रीमती सृजना बास्तोलाले मलाई नशालु पदार्थ खुवाई, अनिल गुरुङ र अजय केसीको सहयोगमा बिन्दु मगरले आफ्नो कोठामा बोलाई फसाउने उद्देष्य राखी यौन भिडियो बनाउने कार्य गरी मलाई फसाउन खोजेको सही साँचो हो । पोखरा टेलिभिजनको म सिईओ हुँदा बखतमा गरिएको चेकमा पनि मैले हस्ताक्षर मात्र गरी संस्थापकलाई बुझाएको मात्र हुँ ।
तसर्थ यस उपर निष्पक्ष छानबिन गरी कानून बमाजिम कारवाहीको लागि अनुरोध गर्दछु ।
कानून बमाजिमको आदेश पालना गर्न तयार गण्डकी प्रदेश प्रहरी कार्यालय कास्की,पोखरा
निबेदक
श्रीप्रसाद बास्तोला
९८५६०६४०३३
पो.म.न.पा.वडा नं ११

१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा