
१मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
६पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
७गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१०फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
११कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
कास्की जिल्ला वारका पूर्वअध्यक्ष एवं मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष समेत रहेका कानुन व्यवसायी कमल प्रसाद अर्याललाई रकम भुक्तानी दिने विषयमा महालेखाले बेरुजु देखाए पछि रोकिएको रकम नदिए सिध्याई दिन्छु भन्दै वित्त महाशाखा प्रमुख पौडेललाई कार्तिक ३ गते महानगरपालिकाका प्रशासकीय अधिकृत बरालको कार्यकक्षमा कानुन अधिकृत शर्माले धम्की दिएका थिए ।
पोखरा, ११ कार्तिक । पोखरा महानगरपालिकाका कानुन अधिकृत नारायण शर्माले वित्त महाशाखा प्रमुख जयराम पौडेलसँग माफी मागेका छन् । महानगरपालिकाका तर्फबाट शर्मालाई सचेत गराउँदै अब आईन्दा यस्ता हर्कतहरु नदोहोर्याउन चेतावनी समेत दिइएको छ ।
महानगरपालिकाका प्रशासकीय अधिकृत महेश बराल, सूचना अधिकारी भरत पौडेल, वरिष्ठ आलेप अधिकृत रोमनाथ उपाध्याय र इञ्जिनियर सुरेन्द्र पौडेलको उपस्थितिमा कानुन अधिकृत शर्माले माफी मागेका हुन् । शर्माले अनुनय विनय गर्दै माफी मागेपछि अब आईन्दा यस्तो हर्कत नदोहोर्याउने शर्तमा १ पटकलाई माफी दिएको वित्त महाशाखा प्रमुख पौडेलले डन न्यूजलाई बताए ।
महानगरपालिकाका प्रशासकीय अधिकृत बरालले शर्मालाई सचेत गराउँदै अब आईन्दा यस्तो हर्कत नदोहोर्याउन र मर्यादित भएर रहन चेतावनी दिएको छलफलमा सहभागीले बताए । यस विषयमा प्रशासकीय प्रमुख बराललाई २ पटकसम्म फोन गर्दा उनले फोन नै उठाएनन् ।

पोखरा महानगरपालिकाका वित्त महाशाखा प्रमुख जयराम पौडेल
कास्की जिल्ला वारका पूर्वअध्यक्ष एवं मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष समेत रहेका कानुन व्यवसायी कमल प्रसाद अर्याललाई रकम भुक्तानी दिने विषयमा महालेखाले बेरुजु देखाए पछि रोकिएको रकम नदिए सिध्याई दिन्छु भन्दै वित्त महाशाखा प्रमुख पौडेललाई कार्तिक ३ गते महानगरपालिकाका प्रशासकीय अधिकृत बरालको कार्यकक्षमा कानुन अधिकृत शर्माले धम्की दिएका थिए ।
सो दिन प्रमुख प्रशासकीय अधिकृत महेश बरालकैं उपस्थितिमा उनकै कार्यकक्षमा वित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेल, वरिष्ठ प्रशासकीय अधिकृत भरत पौडेल र लेखा अधिकृत प्रवेश पौडेलले अधिवक्ता कमलप्रसाद अर्यालले भुक्तानी लिएको रकम ५ लाख ७ हजार महालेखा परिक्षकको कार्यालयबाट असुल गर्नुपर्ने बेरुजु औंल्याईएको र चालु आर्थिक वर्ष पनि सोही प्रकृतिको भुक्तानीको माग पेश हुन आएकोले सो सम्बन्धमा छलफल गरिरहेका थिए ।
एमालेका कार्यकर्ताहरु भर्ती गरेका पूर्वमेयर थापाले धेरैवर्षसम्म महानगरपालिकाबाट आफ्नो निजी गाडीको पेट्रोल र बाहिर खाएका मदिरा लगायतका विलहरुको खर्च मिलाउँदै आईरहेको नगरपालिका कैं कर्मचारीहरु बताउँछन् ।
एमालेको सिफारिसमा करारमा नियुक्त भएका थिए कानुन अधिकृत शर्मा
२०५४ सालमा मेयर भएका कृष्ण थापाले पार्टी कार्यकर्ता नारायण शर्मालाई करारमा नियुक्ती गरेका थिए । नेता थापाको सिफारिसमा करारमा नियुक्त भएका शर्माले बाहिरी गुन्डाहरुसँगको उठबस र राजनीतिक पहुँचका आधारमा महानगरपालिकामा मनपरी गर्दै आईरहेका थिए ।
त्यसो त आफैंलाई वरिष्ठ अधिकृतको पद सिर्जना गरेर बढुवा गर्न सफल भएका शर्मा जस्ता पार्टी र नेताको सिफारिसमा करारमा नियुक्त हुनेको संख्या पोखरा महानगरपालिकामा ४१५ रहेको छ । आन्तरिक स्रोतबाट तलब खानेगरी नियुक्त भएका यिनीहरु कसैले पनि लोकसेवा आयोग पास भएर आएका भने होइनन् । एमालेका कार्यकर्ताहरु भर्ती गरेका पूर्वमेयर थापाले धेरैवर्षसम्म महानगरपालिकाबाट आफ्नो निजी गाडीको पेट्रोल र बाहिर खाएका मदिरा लगायतका विलहरुको खर्च मिलाउँदै आईरहेको नगरपालिका कैं कर्मचारीहरु बताउँछन् ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा