१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
कास्की जिल्ला वारका पूर्वअध्यक्ष एवं मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष समेत रहेका कानुन व्यवसायी कमल प्रसाद अर्याललाई रकम भुक्तानी दिने विषयमा महालेखाले बेरुजु देखाए पछि रोकिएको रकम नदिए सिध्याई दिन्छु भन्दै वित्त महाशाखा प्रमुख पौडेललाई कार्तिक ३ गते महानगरपालिकाका प्रशासकीय अधिकृत बरालको कार्यकक्षमा कानुन अधिकृत शर्माले धम्की दिएका थिए ।
पोखरा, ११ कार्तिक । पोखरा महानगरपालिकाका कानुन अधिकृत नारायण शर्माले वित्त महाशाखा प्रमुख जयराम पौडेलसँग माफी मागेका छन् । महानगरपालिकाका तर्फबाट शर्मालाई सचेत गराउँदै अब आईन्दा यस्ता हर्कतहरु नदोहोर्याउन चेतावनी समेत दिइएको छ ।
महानगरपालिकाका प्रशासकीय अधिकृत महेश बराल, सूचना अधिकारी भरत पौडेल, वरिष्ठ आलेप अधिकृत रोमनाथ उपाध्याय र इञ्जिनियर सुरेन्द्र पौडेलको उपस्थितिमा कानुन अधिकृत शर्माले माफी मागेका हुन् । शर्माले अनुनय विनय गर्दै माफी मागेपछि अब आईन्दा यस्तो हर्कत नदोहोर्याउने शर्तमा १ पटकलाई माफी दिएको वित्त महाशाखा प्रमुख पौडेलले डन न्यूजलाई बताए ।
महानगरपालिकाका प्रशासकीय अधिकृत बरालले शर्मालाई सचेत गराउँदै अब आईन्दा यस्तो हर्कत नदोहोर्याउन र मर्यादित भएर रहन चेतावनी दिएको छलफलमा सहभागीले बताए । यस विषयमा प्रशासकीय प्रमुख बराललाई २ पटकसम्म फोन गर्दा उनले फोन नै उठाएनन् ।

पोखरा महानगरपालिकाका वित्त महाशाखा प्रमुख जयराम पौडेल
कास्की जिल्ला वारका पूर्वअध्यक्ष एवं मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष समेत रहेका कानुन व्यवसायी कमल प्रसाद अर्याललाई रकम भुक्तानी दिने विषयमा महालेखाले बेरुजु देखाए पछि रोकिएको रकम नदिए सिध्याई दिन्छु भन्दै वित्त महाशाखा प्रमुख पौडेललाई कार्तिक ३ गते महानगरपालिकाका प्रशासकीय अधिकृत बरालको कार्यकक्षमा कानुन अधिकृत शर्माले धम्की दिएका थिए ।
सो दिन प्रमुख प्रशासकीय अधिकृत महेश बरालकैं उपस्थितिमा उनकै कार्यकक्षमा वित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेल, वरिष्ठ प्रशासकीय अधिकृत भरत पौडेल र लेखा अधिकृत प्रवेश पौडेलले अधिवक्ता कमलप्रसाद अर्यालले भुक्तानी लिएको रकम ५ लाख ७ हजार महालेखा परिक्षकको कार्यालयबाट असुल गर्नुपर्ने बेरुजु औंल्याईएको र चालु आर्थिक वर्ष पनि सोही प्रकृतिको भुक्तानीको माग पेश हुन आएकोले सो सम्बन्धमा छलफल गरिरहेका थिए ।
एमालेका कार्यकर्ताहरु भर्ती गरेका पूर्वमेयर थापाले धेरैवर्षसम्म महानगरपालिकाबाट आफ्नो निजी गाडीको पेट्रोल र बाहिर खाएका मदिरा लगायतका विलहरुको खर्च मिलाउँदै आईरहेको नगरपालिका कैं कर्मचारीहरु बताउँछन् ।
एमालेको सिफारिसमा करारमा नियुक्त भएका थिए कानुन अधिकृत शर्मा
२०५४ सालमा मेयर भएका कृष्ण थापाले पार्टी कार्यकर्ता नारायण शर्मालाई करारमा नियुक्ती गरेका थिए । नेता थापाको सिफारिसमा करारमा नियुक्त भएका शर्माले बाहिरी गुन्डाहरुसँगको उठबस र राजनीतिक पहुँचका आधारमा महानगरपालिकामा मनपरी गर्दै आईरहेका थिए ।
त्यसो त आफैंलाई वरिष्ठ अधिकृतको पद सिर्जना गरेर बढुवा गर्न सफल भएका शर्मा जस्ता पार्टी र नेताको सिफारिसमा करारमा नियुक्त हुनेको संख्या पोखरा महानगरपालिकामा ४१५ रहेको छ । आन्तरिक स्रोतबाट तलब खानेगरी नियुक्त भएका यिनीहरु कसैले पनि लोकसेवा आयोग पास भएर आएका भने होइनन् । एमालेका कार्यकर्ताहरु भर्ती गरेका पूर्वमेयर थापाले धेरैवर्षसम्म महानगरपालिकाबाट आफ्नो निजी गाडीको पेट्रोल र बाहिर खाएका मदिरा लगायतका विलहरुको खर्च मिलाउँदै आईरहेको नगरपालिका कैं कर्मचारीहरु बताउँछन् ।