News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

तिहारमा फूलको माग बढ्यो तर मूल्य घट्यो

काठमाडौँ । तिहारमा अत्याधिक मात्रामा खपत हुने फूलहरु हुन् सयपत्री, मखमली र गोदावरी ।

उत्पादन कम र खपत बढि भएसँगै हरेक वर्ष भारतबाट फूल आयात हुने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष तिहारमा फूलको माग बढेको छ । माग बढेपनि मूल्य भने घटेको छ ।

यस वर्ष सयपत्री, मखमली र गोदावरी गरी १८ लाख ६५ हजार मालाको माग फ्लोरिकल्चर एशोसियसन नेपाल (फ्यान) ले जनाएको छ । जसमध्ये १३ लाख १८ हजार वटा माला आन्तरिक उत्पादनले पूर्ति हुनेछ भने २ लाख ३२ हजार वटा माला आयात गरिनेछ ।

तिहारलाई १५ लाख ५० हजार वटा सयपत्री फूलको मालाको माग रहेको छ । औसतमा प्रतिमाला ५५ रुपैयाँ पर्ने फ्यानका अध्यक्ष मीनबहादुर तामाङ बताउँछन् । अघिल्लो वर्ष प्रतिमाला ६५ रुपैयाँ रहेको थियो ।

त्यस्तै बजारमा ३ लाख मखमलीको माला माग छ भने थोक बजार मुल्य प्रतिमाला ३५ रुपैयाँ छ । अघिल्लो वर्ष २ लाख मालाको माग थिया भने मूल्य प्रतिमाला ५० रहेको थियो । गोदावरी फूलको मालाको माग र मूल्य भने उस्तै छ ।

यसवर्ष तिहारमा (पाँच दिन) मा मात्र १० करोड ९ लाख रुपैयाँको फूलको कारोबार हुने अपेक्षा गरिएको छ । यस वर्ष अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बजारमा माग वृद्धि हुने अनुमान फ्यानको छ ।