
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा, १० कात्तिक । गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिका १, सोंदा र आसपासका बाढीपीडितलाई राहत रकम प्रदान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बुधबार सोंदामै पुगेर राहत रकम हस्तान्तरण गरेका हुन् ।
असार १ गते मादी नदीमा आएको बाढीले घरबाट पूर्ण क्षति पु¥याएका ११ घर परिवारलाई जनही १ लाख रुपैयाँका दरले मुख्यमन्त्री पोखरेलले राहत हस्तान्तरण गरेका हुन् । बाढी पहिरोले घर पूर्ण क्षति पु¥याउनेहरुलाई मनाङको हकमा २ लाख र अरु जिल्लाका हकमा १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको थियो । भौमाया जैशी, चित्रकुमार गुरुङसेनी, टेकबहादुर गुरुङ, पुष्पा गुरुङ, हर्कबहादुर गुरुङ, लक्ष्मी गुरुङ, चित्रबहादुर गुरुङ, बोधराज बराल, हुमप्रसाद गुरुङ, केशबहादुर गुरुङ, दूधराज गुरुङलाई उक्त अवसरमा राहत प्रदान गरिएको हो ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार जहिले पनि नागरिकको सुख दुखमा सँधै साथमा रहेको बताए । उनले भने, ‘३ तहका सरकारका आआफ्नै दायित्व र अधिकार क्षेत्र छन्, प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र रहेर क्षमताले धानेसम्म दायित्व निर्वाह गर्न तत्पर छ ।’ आफू सरकारको नेतृत्वमा आएलगत्तै बाढीपहिरोको प्रकोप सुरु भएको स्मरण गर्दैै उनले पीडितलाई तत्काल राहत प्रदान गर्नेदेखि स्थायी रुपमा समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको भनाए राखे ।

बाढी पहिरोले मादीमा धेरै क्षति भएको आफूले देखिसकेको भन्दै उनले बाढी लगत्तै बाटोघाटो खुलाउनका लागि केही रकम प्रदान गरेको र अब पनि थप रकमका लागि पहल गर्ने प्रतिबद्धता जनाए । विकास र सहयोगका काममा कसैले पनि राजनीति गर्न नहुने उनले बताए । चुनाव लड्ने बेलामा आफ्ना राजनीतिक एजेन्डा राख्ने कुरा स्वाभाविक भए पनि चुनाव जितेपछि नागरिककै सेवामा प्रतिबद्ध रहनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा बिना विभागीय मन्त्री डोवाटे विश्वकर्माले २०७२ सालको भूकम्पपछि मुलुकमा धेरैथरी विपत्ती आएको भन्दै यी विपत्तीलाई सामना गर्न सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले मुख्यमन्त्रीले पीडितको घरदैलोमै पुगेर राहत वितरण गर्दा नागरिकले प्रदेश सरकारको अनुभूति गरेको बताए । बाढीले क्षति पु¥याएका संरचनाको पुनर्निर्माण र बाटोघाटोको प्रवन्धका लागि उनले ध्यानाकर्षण गराए । असारको सुरुमै सिक्लेसको पहिरोले परी भेडीगोठमा क्षति पुगेको भन्दै राहतको लागि प्रदेश सरकारसँग आग्रह गरे ।

गण्डकी प्रदेश सभामा माओवादी केन्द्रका तर्फबाट प्रमुख सचेतक गायत्री गुरुङले बाढी आएदेखि नै आफूहरुले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै ढिलै भए पनि राहत वितरण हुँदा खुसी लागेको बताइन् । समस्याको दीर्घकालीन रुपमा समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता उनले जनाइन् । संविधान सभा सदस्य तेजकुमारी पौडेलले बाढीले क्षति पु¥याएपछि आफूहरु स्थलगत अनुगमनमा पुगेको र राहतका लागि पहल गरेको उल्लेख गरिन् ।
गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले प्रक्रिया पूरा गर्ने क्रममा राहत वितरण गर्न केही ढिलाइ भएको बताए । बाढीपहिरोले घर पूर्ण क्षति पु¥याउनेका हकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि रकम उपलब्ध गराउने भएकाले यसका लागि जनप्रतिनिधिले पहल गरिदिन आग्रह आग्रह गरे ।
उक्त अवसरमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, मादी गाउँपालिका १ का वडाध्यक्ष सुरज गुरुङ, वडा नम्बर ७ का वडाध्यक्ष लालबहादुर गुरुङ लगायतले प्राकृतिक प्रकोप र दुर्घटनाले पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका थिए ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर