News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

कोशी अस्पताल सरकारको उच्च प्राथमिकतामा- स्वास्थ्यमन्त्री खतिवडा

विराटनगर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्घीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

कोशी अस्पतालको बुधबार निरीक्षण एवं अनुगमन गर्दै प्रदेश नं १ को सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रका रुपमा रहेकाले नागरिकलाई गुणस्तरीय एवं उच्चस्तरीय सेवा प्रदान गर्न आवश्यकपर्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री खतिवडाले वर्तमान अवस्थामा रहेको ३५० शैय्यालाई स्तरोन्नति गर्दै थप ५०० शैय्यामा विस्तार गरी नागरिकलाई सहज र सरल एवं गुणस्तरीय रुपमा सेवा प्रदान गर्न प्रसूति कक्ष, स्त्री रोग, क्यान्सर रोग विशेषज्ञ चिकित्सक, प्रगोगशालालाई आवश्यकपर्ने दक्ष जनशक्ति व्यवस्था गर्ने जानकारी दिए ।