
१ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
५विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
६सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
७ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
८विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन कार्यालय एमसीए बन्द गर्न पत्र बुझाएको छ ।
नेकपाको काठमाडौँ जिल्ला संगठन समितिले मंगलबार होटल याक एण्ड यतिमा रहेको मुख्य कार्यालयमै पुगेर कार्यालय बन्द गर्न पत्र बुझाएको हो।
नेकपाका काठमाडौँ सेक्रेटरी तुलसीनाराणको नेतृत्वमा गएको टोलीले एमसीसीसँग भएको एमसीए सम्झौता राष्ट्रहितमा नभएकोले आफ्नो पार्टीले सुरुदेखि नै विरोध गर्दै आएको जानकारी समेत गएको थियो ।
एमसीसी सम्झौता नेपालको सार्वभौमिता, स्वधीनता, संविधान विपरित भएको कुरा सम्झौतामा भएका बुँदाले स्पष्ट पारेको भन्दै जनताले विरोध गर्दै आएको पत्रमा उल्लेख छ ।
एमसीसी सम्झौता संसदबाट पारित नहुँदै काठमाडौँसहित सम्बन्धी जिल्लामा एमसीए कार्यालय स्थपना गरी राष्ट्रहित विपरित परियोजना जबरजस्त लाद्न खोजेको भन्दै नेकपाले आपत्ति जनाएको छ ।
“नेपाल सरकारले समेत संसदबाट अनुमोदन गर्न नसकेको स्पष्ट हुँदाहुँदै यो दलाल पुँजिवादी सत्ताको नालायकीपनको नाजायज फाइदा उठाएर एमसीसीले काठमाडौँसहितका जिल्लाहरुमा कार्यालय खोजेकोप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ ।
राष्ट्रघाती सम्झौतालाई जबरजस्त यसरी लाद्ने कूचेष्टा नगर्न हामी चेतावनी दिन चाहन्छौंँ” सेक्रेटरी तुलसी नारायणले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।
नेकपाले एमसीएको कार्यालय होटल याक एण्ड यतिबाट तुरुन्त हटाई देशको स्वाभिमान र सार्वभौमिकताको संघर्षमा सहयोग गर्न आग्रह समेत गरेको छ ।
यसैबीच नेकपाले मकवानपुरको हेटौडा र पाल्पामा रहेको एमसीए कार्यालपनि हटाउन भन्दै पत्र बुझाएको थियो । नेकपाले एमसीए कार्यालय हटाउन भन्दै पत्र बुझाउन थालेपछि एमसीसी पदाधिकारी समेत तनावमा रहेको बताइएको छ ।
