News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार स्वास्थ्य

गण्डकी प्रदेशमा कोरोना संक्रमित तीनजनाको मृत्यु

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला भवन अगाडि पिसिआरका लागि स्वाब संकलन गराउनेको भीड । तस्विर साभारः डा.मोनी सुवेदी

पोखरा ।  गण्डकी प्रदेशमा कोरोना संक्रमित तीनजनाको मृत्यु भएको छ । प्रदेशमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । त्यसैगरी प्रदेशमा आज थप एकसय दुईजना नयाँ संक्रमितहरु थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दू शर्माले जानकारी दिनुभयो ।

बाग्लुङको गलकोट नगरपालिका ३ का ७२ वर्षीय कोरोन संक्रमित पुरुषको आज साँझ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक सह प्रा.डा.अर्जुन आचार्यले जानकारी दिनुभयो  ।

यस्तै पर्वतको कुश्मा नगरपालिका ६ का ५५ वर्षीय संक्रमित पुरुषको आज बिहान चरक मेमोरियल अस्पताल, पोखराको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ भने पोखरा महानगरपालिका १३ का ३६ वर्षीय संक्रमित महिलाको बुधबार राति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराकमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।