
१विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
२विचौंलिया इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्च अदालत तरंगित
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
५सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
६डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
७सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
८चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
९नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
१०आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
११‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सोमबार गृहजिल्ला मकवानपुरको विभिन्न कार्यक्रममा भ्याई नभ्याई भयो । मन्त्री बनेपछि गृहजिल्ला आइपुगेका खतिवडाले सोमबारमात्रै मकवानपुरमा सात वटा विभिन्न कार्यक्रममा सहभागी बनेका हुन् ।
एकीकृत समाजवादी मकवानपुरले आयोजना गरेको बडा दशैं, तिहार तथा छठ पर्वका अवसरमा विहान आयोजित चियापान कार्यक्रममा सहभागी बने भने अन्य विभिन्न कार्यक्रममा पनि मन्त्री खतिवडा सहभागी बने । यस्तै, मन्त्री खतिवडाले व्यवसायी राजकुमार न्यौपाने र रामहरी न्यौपानेका स्वर्गीय पितालाई श्रद्धान्जली अर्पण गर्ने कार्यमा सरिक भए ।
विगतमा एमालेबाट निर्वाचित ९२ वर्षीय जनपक्षीय जनप्रतिनिधि घननाथ अधिकारीलाई मन्त्री खतिवडाले भेटे भने मन्त्री खतिवडाले वि.सं.२०२८ सालमा प्रवेशिका उर्त्तिण गरेको भुटनदेवी माविस्थित भुटनदेवी एल्मुनाइ एशोसिएसनले आयोजना गरेको कार्यक्रममा सहभागी बने ।
यस्तै, मन्त्री खतिवडा हेटौंडा अस्पतालको अवलोकन तथा छलफलमा सहभागी बने भने खतिवडा बन्धु समाजले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भए । गृहजिल्लामा मन्त्री खतिवडालाई आज विभिन्न २१ वटा संघसंस्थाले स्वागत तथा सम्मान गरेको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघ, नारायणी संघ हेटौंडा, नारायणी यातायात कम्पनी प्रा.लि., निर्माण व्यवसायी संघ मकवानपुर, उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता मञ्च मकवानपुर, लायन्स क्लव, नेपाल पत्रकार महासंघ मकवानपुर, सामुदायिक सेवा प्रहरी केन्द्र मकवानपुर, नेपाल औषधि व्यवसायी संघ,कृष्ण प्रणामी समाज मकवानपुर, मारवाडी एशोसिएसन मकवानपुर, नारायणी पेट्रोलियम बिक्रेता संघ, सार्वजनिक मकवानपुर यातायात प्रा.लि., मकवानपुर बचत तथा ऋण सहकारी संस्था, मकवानपुर जागरण अभियान, अफिन, नेपाल रेडक्रस सोसाइटी, नेपाल परिवार नियोजन संघ, नेपाल अटो ईरिक्सा व्यवसायी संघले मन्त्री खतिवडालाई स्वागत तथा सम्मान गरेको हो ।
यस्तै, मन्त्री खतिवडाले आजै पुरानो वामपन्थीको आधार क्षेत्र मकवानपुरको फाखेलमा गएर कार्यकर्तालाई भेटघाट तथा सम्बोधन गरे । यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४,सितलमहलचोकस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा नेता तथा कार्यकर्ता भेटघाट पनि मन्त्री खतिवडाले गरे ।
मन्त्री खतिवडा सहभागी सबै कार्यक्रममा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल, उपाध्यक्ष मीना लामा, सचिव विष्णु दाहाल र उप सचिव जीवन लामाको आतिथ्यता थियो ।