News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश समाचार

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन आइतबारको तुलनामा १०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ६०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३९ रुपैयाँ १५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया