पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सवारी चेकजाँचका क्रममा लागूऔषधसहित हरिहर लोधलाई पक्राउ गरेको छ । बुधबार ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौंडाको संयुक्त टोलीले पोखरा वडा नं. ३० गगनगौंडा पावरहाउसमा सवारी साधन चेकजाँचका क्रममा हरिहरलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
रुपन्देही जिल्ला पटखोली गाविस वडा नं. ४ परिवर्तित ओमसतिया गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३७ का लोधलाई लागूऔषध लुकाईछिपाई ल्याएको अवस्थामा प्रहरीले पक्राऊ गरेको हो । प्रहरीले डाईजापाम एकसय ५८ एम्पुल, नुर्फिन एकसय ५८ एम्पुल, फेनार्गन एकसय ५९ एम्पुल गरी चारसय ७५ एम्पुल र नाईट्रोभ्याट ट्याब्लेट एकसय ३५ चक्की फेला पारेको थियो ।