
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका-१ स्थित दीपज्योति सेकेन्डरी स्कुल चिसापानीका प्रिन्सिपल दमन पाण्डे आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका छन्।
उक्त विद्यालयमा कक्षा ११ मा अध्यनरत बैजनाथ -१ गाभरकी १७ वर्षीया एलिशा शाह दश दिनअगाडि आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन्।
शाहका परिवारले शुक्रबार इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रिन्सिपल पाण्डेविरूद्ध आत्महत्या दुरूत्साहन तथा जबरजस्ती करणी मुद्दा दर्ता गरेपछि उनी पक्राउ परेका हुन। एलिशाले असोज १० गते गाभरस्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।
शाहका फुपुका छोरा आदर्श हमालले बहिनी एलिशाको मृत्युपछि असोज १७ गते काजकिरियाको कार्यक्रम सकेर मोबाइलमा म्यासेज हेर्दा प्रिन्सिपलले विभिन्न प्रलोभन देखाएको थाहा भएपछि पाण्डेविरूद्ध किटानी जाहेरी दिएको बताए।
‘बहिनीको मोबाइल म्यासेज बक्समा ल्यापटप र मोबाइल किन्दिन्छु भन्नेजस्ता प्रलोभनमा पारेर करणी गरेको आशंका गर्ने ठाउँ छन्,’ हमालले भने, ‘बहिनीको सुसाइड नोटमा स्पष्ट उल्लेख नभए पनि मम्मीको नाक काट्ने काम गरेको हुँदा आत्महत्या गरें भन्ने उल्लेख रहनुले पनि ऊमाथि अत्याचार भएको स्पष्ट हुन्छ।’
एसइई उत्तीर्ण भएपछि कक्षा ११ को कक्षा लिन थालेको दश दिनजतिमा बहिनीले प्रिन्सिपल पाण्डेको यातना सहन नसकेर आत्महत्या गरेको हमालले दाबी गरे। हमालले यसअघि प्रहरीले समेत जाहेरी लिन नमानेको भए पनि गृह मन्त्रालयमा गुनासो गरेपछि मात्रै बल्ल शुक्रबार प्रिन्सिपलविरूद्धको जाहेरी लिन मानेको भन्दै रोष प्रकट गरे।
शुक्रबार पीडितको तर्फबाट स्थानीयले चिसापानीस्थित विद्यालय परिसरमा प्रिन्सिपलविरूद्ध चर्का नाराबाजी गर्दै प्रर्दशनसमेत गरेका थिए। यता इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रवीन्द्र खनालले शाह परिवारले दिएको जाहेरीका आधारमा प्रिन्सिपललाई पक्राउ गरी अनुसन्धान थालिएको बताए।
‘बुझ्दा प्रिन्सिपल र शाहका बीचमा मित दाजु-बहिनीको नाता रहेको भन्ने कुरा खुल्न आएको छ,’ खनालले भने, ‘फेसबुक म्यासेन्जरमा उहाँहरूबीच कुरा भएको पनि देखिएको छ। त्यसबारे अनुसन्धान हुन बाँकी नै छ।’
त्यो कुरा मित दाजु-बहिनीको नाताले भएको हो? प्रिन्सिपल र एउटा विद्यार्थीको नाताले भएको हो? वा त्यसमा अरू कुनै कुरा छिपेको छ? त्यो अनुसन्धानपछि मात्रै खुल्ने डिएसपी खनालले बताए।