
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका-१ स्थित दीपज्योति सेकेन्डरी स्कुल चिसापानीका प्रिन्सिपल दमन पाण्डे आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका छन्।
उक्त विद्यालयमा कक्षा ११ मा अध्यनरत बैजनाथ -१ गाभरकी १७ वर्षीया एलिशा शाह दश दिनअगाडि आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन्।
शाहका परिवारले शुक्रबार इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रिन्सिपल पाण्डेविरूद्ध आत्महत्या दुरूत्साहन तथा जबरजस्ती करणी मुद्दा दर्ता गरेपछि उनी पक्राउ परेका हुन। एलिशाले असोज १० गते गाभरस्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।
शाहका फुपुका छोरा आदर्श हमालले बहिनी एलिशाको मृत्युपछि असोज १७ गते काजकिरियाको कार्यक्रम सकेर मोबाइलमा म्यासेज हेर्दा प्रिन्सिपलले विभिन्न प्रलोभन देखाएको थाहा भएपछि पाण्डेविरूद्ध किटानी जाहेरी दिएको बताए।
‘बहिनीको मोबाइल म्यासेज बक्समा ल्यापटप र मोबाइल किन्दिन्छु भन्नेजस्ता प्रलोभनमा पारेर करणी गरेको आशंका गर्ने ठाउँ छन्,’ हमालले भने, ‘बहिनीको सुसाइड नोटमा स्पष्ट उल्लेख नभए पनि मम्मीको नाक काट्ने काम गरेको हुँदा आत्महत्या गरें भन्ने उल्लेख रहनुले पनि ऊमाथि अत्याचार भएको स्पष्ट हुन्छ।’
एसइई उत्तीर्ण भएपछि कक्षा ११ को कक्षा लिन थालेको दश दिनजतिमा बहिनीले प्रिन्सिपल पाण्डेको यातना सहन नसकेर आत्महत्या गरेको हमालले दाबी गरे। हमालले यसअघि प्रहरीले समेत जाहेरी लिन नमानेको भए पनि गृह मन्त्रालयमा गुनासो गरेपछि मात्रै बल्ल शुक्रबार प्रिन्सिपलविरूद्धको जाहेरी लिन मानेको भन्दै रोष प्रकट गरे।
शुक्रबार पीडितको तर्फबाट स्थानीयले चिसापानीस्थित विद्यालय परिसरमा प्रिन्सिपलविरूद्ध चर्का नाराबाजी गर्दै प्रर्दशनसमेत गरेका थिए। यता इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रवीन्द्र खनालले शाह परिवारले दिएको जाहेरीका आधारमा प्रिन्सिपललाई पक्राउ गरी अनुसन्धान थालिएको बताए।
‘बुझ्दा प्रिन्सिपल र शाहका बीचमा मित दाजु-बहिनीको नाता रहेको भन्ने कुरा खुल्न आएको छ,’ खनालले भने, ‘फेसबुक म्यासेन्जरमा उहाँहरूबीच कुरा भएको पनि देखिएको छ। त्यसबारे अनुसन्धान हुन बाँकी नै छ।’
त्यो कुरा मित दाजु-बहिनीको नाताले भएको हो? प्रिन्सिपल र एउटा विद्यार्थीको नाताले भएको हो? वा त्यसमा अरू कुनै कुरा छिपेको छ? त्यो अनुसन्धानपछि मात्रै खुल्ने डिएसपी खनालले बताए।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा